ब्राउनसुगरसहित बच्चु चौधरी पक्राउ

ब्राउनसुगरसहित बच्चु चौधरी  पक्राउ

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख १६, २०७७

झापा । झापाको मेचीनगर नगरपालिका–६ मेची पुलबाट ५० ग्राम नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरिएको छ ।

गए राति करिब निर्माणाधीन मेची पुलमुनि खाल्डो खनेर लुकाउँदै गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ का ५८ वर्षीय बच्चु चौधरीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।