कपिलवस्तुमा लकडाउनको समयमा मात्र १० किशोरी र एक महिला माथि जबर्जस्ती करणी

कपिलवस्तुमा लकडाउनको समयमा  मात्र १० किशोरी र एक महिला माथि जबर्जस्ती करणी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १७, २०७७

कपिलवस्तु । एक महिनामा कपिलवस्तु  जिल्लामा जबर्जस्ती करणीका सातवटा घटनामा  उजूरी दिइएको छ ।

कोरोना भाइरस९कोभिड –१९० संक्रमण नियन्त्रणका लागि एक महिनादेखि जारी लकडाउन अवधिमा जिल्लामा जबर्जस्ती करणीका घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

घटनाका पीडितमा १० किशोरी र एक महिला  छन् । किशोरीहरु आफन्त र चिनजान भएका व्यक्तिबाटै पीडित भएका छन् ।  घटना आफन्त र छरछिमेकबाट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनु भयो । 

जबर्जस्ती करणीका सात मुद्दा दर्ता भई अदालतबाट म्याद थपिएको प्रनाउ मल्लले जानकारी दिनुभयो । जिल्लामा चालु आर्थिक वर्षको अहिलेसम्म जबर्जस्ती करणीका २६ मुद्दा दर्ता भएको छ ।