अनलाइनबाटै  कामना सेवा बैङ्कको खाता खोल्न सकिने

अनलाइनबाटै  कामना सेवा बैङ्कको खाता खोल्न सकिने

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख १७, २०७७

 काठमाडौँ । कामना सेवा विकास बैङ्कले पनि अनलाइनबाटै नै  खाता खोल्ने व्यवस्था  मिलाएको जनाकारी  दिएको  छ ।

 बैङ्कले ग्राहकहरूको सुविधा र हितलाई ध्यानमा राख्दै  २०७७ वैशाख १६ गतेदेखि लागू हुने गरी बैङ्कको वेबसाइट मार्फत अनलाइन खाता खोल्न सकिने सुविधा उपलब्ध गराएको हो । 

अब ग्राहकहरूले घरैमा बसेर कामना सेवा विकास बैङ्कको जुनसुकै शाखा वा कार्यालयमा आफ्नो इच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदर सहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न देखि  नियमित रूपमा बैैकिङ कारोबार गर्न सक्ने समेत बैङ्कले जानकारी  दिएको  छ ।