अनौपचारिक क्षेत्रमा निरभर लाखौँ मानिस र सङ्कुचित राहतको दायरा

अनौपचारिक क्षेत्रमा निरभर लाखौँ मानिस र सङ्कुचित राहतको दायरा

माधव आचार्य  |  दृष्टिकोण  |  बैशाख १७, २०७७

हिजाे आज सबैले भद्दने गरेकाे शब्द हाे राहत ।  ‘राहत’ भन्ने शब्दको अर्थ हुन्छ ‘प्राकृतिक प्रकोपमा परेकाहरूको वा दुःखीहरूको उद्धार गर्ने काम’ भन्ने हुन्छ भनी नेपाल प्राज्ञ प्रतिष्ठानद्धरा प्रकाशित ‘नेपाली बृहत् शब्दकोशमा उल्लेख गरिएको छ । तर यो ‘राहत’ भन्ने शब्दको दायरालाई एकदमै साँघुरो ढङ्गले हेर्ने र बुझ्ने गरिएको छ ।  सोही अनुसारको व्याहारहरु गरिँदै आएको पाइन्छ । 

हाल विश्वभर कोरोना भाइरसको महामारी एक किसिमको प्राकृतिक प्रकोपका रुपमा फैलिरहेको छ । यो महामारीबाट सबै तह र तप्काका मानिसहरू प्रताडित  भइरहेका छन् । यो भाइरसले कुनै धनी, गरिब वा शक्तिशाली सबै मनिसलाई त्राहिमाम् बनाइ रहेको छ । सायदै यस्ता महामारीका बारेमा कस्ता कस्ता मानिसलाई समस्यामा परेका होलान् भन्ने सबैको मनमा लागेको विषय हो र यो लाग्नु लाग्नु स्वाभाविक पनि हो । 

पूर्वाधार विकास र निर्माणका हिसाबले नेपाल अन्य शक्ति सम्पन्न राष्ट्रको दाँजोमा धेरै तल रहेको छ, हरेक मानव सूचांकको हिसाबले । विश्वका शक्ति सम्पन्न राष्ट्र र ती शक्तिशाली भनिएका मानिसहरू प्रकृति माथि विजय प्राप्त गरिसकेको दाबी गरिरहेका थिए । दावी मात्र हाेइन खुशीयाली समेत मनाइरहेका थिए ।  उनीहरूले मानव जगतका त कुरै छोडाैं  आणविक र मिसाइल हातहतियारको अनि विभिन्न क्षेप्यास्रहरुको आविष्कारमा होडबाजी नै चलाइरहेका थिए ।  

 एकतर्फ  विश्व यसरी प्रतिस्पर्धा गरिरहेको समयमा नेपालीहरू भने आफ्ना बालबच्चाहरूको शिक्षादीक्षा सहितको सुदुर भविष्यको खोजीमा गाउँ बस्ती छोडेर सहर पसिरहेका छाैं । अथवा भनौ काठमाडौँ लगायतका सहरलाई सपनाको नगरी सम्झिँदै बसोबास गरिरहेका छौ । अनेत्र जस्तै  काठमाडौँ त्यस्तो ठाउँ हो जहाँ ६० लाखभन्दा बढी  मानिसहरू बसोबास गर्दछन् । जस मध्ये १२ देखि १४ लाख मानिसको चाहिँ आफ्नो घर रहेको छ भन्ने कुरा आँकडाले देखाउँछ भने ४० देखि ४५ लाख मानिसहरू अरूको घर भाडामा लिएर बसोबास गर्दै आफ्ना  पेसा व्यवसाय सञ्चालन गरेर आफ्नो दैनिक गुजारा चलाउँदै आएका छन् । 

हो, सबैलाई थाहा छ ।  हामी कुनै सम्पन्न देशका नागरिक हैनौ ।  तथापि सङ्कट र महामारी दुनियाँमा सबैलाई  आइहरेको छ । यति हुँदाहुँदै पनि आपत्कालीन समयमा मानवीय नाताले मानव उद्धारका लागि राज्य र राज्यका निकायले  जोखिम मोलेर भए पनि पहल कदमी लिनु उसको दायित्व र कर्तव्य हो भन्ने कुरा भुल्नुहुँदैन । 

अनाैपचारिक क्षेत्रकाे पेसा व्यावसायमा रहेका लाखौं मानिस  कोरोना महामारीको पिडाले पिल्सनु परेकाे छ । पेसा व्यवसाय सञ्चालन हुन्जेल आफूले जसोतसो जीवन निर्बाहा गरिरहेको थिए ।  तर लामो लकडाउनको पिडा र अलिअलि जोहो गरिरहेका खाद्य सामग्री  सकि‌ंदै गएको र अब कसरी बाँच्ने भन्ने सबैभन्दा बढी चिन्ताले पिरोल्न थालेको  छ । अतः अब यो राहतको दायरालाई अब फराकिलो  बनाउँदै सावधानी बस पेसा व्यवसायमा फर्काउने नीति ल्याउन जरुरी हुँदै  गएको छ । राहतका नाममा ५ किलो चामल दिएर ‘सेल्फी’ खिच्ने संस्कारबाट माथि उठ्न जरुरी छ । राहतका नाममा कसैले धेरै जम्मा गर्ने  र कसैले पाउँदे नपाउने कुरालाई पनि समयमा ख्याल पुग्न जरुरी छ ।   

वर्तमान राज्यले भन्ने गरेको ‘सुखी नेपाली समृद्ध नेपाली’ को भनाइलाई आत्मासाथ गर्ने हो भने जो कोही नागरिक पनि समृद्ध र सुखी हुनका लागि मौका र अवसर पाउनु पनि उतिकै महत्त्वपूर्ण छ भन्ने कुराको हेक्का राख्नु जरुरी छ । 

 दुःख पूर्वक विभिन्न पेसा व्यवसायमा आबद्ध हुँदै महिना भरी काम गरेर त्यहाँबाट प्राप्त हुने आम्दानीले गाँस र बासको जोहो गर्दै सुदुर भविष्यको पर्खाइमा बसोबास गरेका थुप्रै मानिसहरू कोरोना प्रकोपबाट प्रताडित मात्रै हैन बिचल्लीमा पर्ने कुरा बढ्दो रूपमा रहेको छ ।  यस्तो समस्या काठमाडौँ भित्र मात्रै हैन मुलुकभरका अन्य सहरमा बसोबास गर्ने यस समूहका मानिसहहरुको लेखा–जोखा, हिसाब–किताब, सुची–सूचांक कहाँ ? कहिले ? र, कसले ? गर्ने हो भन्ने बारेमा तत्काल कदम चल्नुपर्ने अवस्था छ । वर्तमानमा  व्यवस्था गरिएको स्थानीय सरकारको संरचनाको यो वर्गलाई समेट्न सकेको छैन वा पुरै बेखबर रहको अवस्था छ  । 

कोरोना महामारी उल्लेखित तह र समूहका लागि निक्कै असामान्य हुँदै गइरहेको कुरामा समयमा नै ख्याल पर्‍याउने कुरा ध्यान जान जरुरी छ ।  उता दैनिक ज्यालादारी गरी दिनहुँ दाल–चामल किनेर जीविकोपार्जन चलाउने हजारौँ हजार मजदुरहरूको व्यथा सडकमा छताछुल्ल भएको अवस्था छ । काठमाडौँदेखि बर्दियासम्म, काठमाडौँबाट विराटनगरसम्मको सयौँ किलो मिटर दुरी  मजदुरहरूले पैदल हिँडिरहेका छन् । 

हो, सबैलाई थाहा छ ।  हामी कुनै सम्पन्न देशका नागरिक हैनौ ।  तथापि सङ्कट र महामारी दुनियाँमा सबैलाई  आइहरेको छ । यति हुँदाहुँदै पनि आपत्कालीन समयमा मानवीय नाताले मानव उद्धारका लागि राज्य र राज्यका निकायले  जोखिम मोलेर भए पनि पहल कदमी लिनु उसको दायित्व र कर्तव्य हो भन्ने कुरा भुल्नुहुँदैन । 

आशा गरौँ, राज्यले यो कारुणिक र निर्ममता विरुद्धको लडाइँमा आफूलाई सामेल गराएर देश र जनताको जीवन रक्षाका लागि यथोचित र न्यायोचित काम गर्ने नै छ ।  

अनि माथि भनिएको राहत शब्दको दायरा धेरै परसम्म छ भन्ने कुराको ख्याल गर्दै कोरोना नियन्त्रणका लागि सबै तह र समुदायलाई साथमा लिएर दुनियाँ समक्ष अब्बल राष्ट्रका रुपामा चिनाउने अवसरका रूपमा उपयोग गरोस् । अहिलेलाई यही कामना गरौँ ।