कोरोनाबाट अमेरिकामा १५ नेपाली नागरिकको मृत्यु

कोरोनाबाट अमेरिकामा १५ नेपाली नागरिकको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख १७, २०७७

काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । मंगलबार थप १ जनाको मृत्यु भएपछि मृतकको संख्या १५ पुगेको हो । 

अमेरिकाको न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् । मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिनुभएको जानकारी अनुसार १५ जनामध्ये सबैलाई कोरोना सङ्क्रमित भनेर पुष्टि गर्ने मजबुत आधार त छैन, तर कोरोना सङ्क्रमणका कारण मनोवैज्ञानिक त्रासले केही  नेपालीको हृदयघातका कारणले पनि मृत्यु भएको देखिन्छ ।