डिशहोमकाे टेलिभिजनमार्फत विद्यार्थीलाई घरमै कक्षा  कार्यक्रम सुरु

डिशहोमकाे  टेलिभिजनमार्फत  विद्यार्थीलाई  घरमै कक्षा  कार्यक्रम सुरु

लोकसंवाद संवाददाता  |  शिक्षा  |  बैशाख १९, २०७७

काठमाडाैँ । डिशहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि डिशहोम घरमै कक्षा  कार्यक्रम सुरु गरेको जनाएको  छ ।

 Dishhome  र  Deerwalk Learning Center को सहकार्यमा यहि बैशाख २० गतेबाट कक्षा ४ देखी कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु आफ्नो च्यानलहरुमा प्रशारण गर्दैछ ।

डिशहोमको च्यानल नं. ११४ माकक्षा १०को, च्यानल नं.११५ माकक्षा ९,  ८ र ७को र च्यानल  नं.११७ माकक्षा ६, ५ र ४ को पाठ्यक्रमहरु विहान ८ बजेदेखी बेलुकी ८ बजे सम्मप्रशारण हुनेछ । 

यसका साथै विगत ६ महिनाभन्दाबढि समय देखि विभिन्नकारणबस डिशहोम रिचार्जनगर्नुभएका पुराना ग्राहकहरुकालागि डिशहोमले बैशाख २१ गते देखिलागु हुने गरी ३० दिन सम्मकालागि सम्पुर्ण २०८ च्यानलहरु निःशुल्क उपलब्ध गराएको छ । यस सुविधाले लकडाउनको अवधिमाग्राहकहरुको आफ्नो परिवारसंगको बसाईलाई रमाईलो बनाउनअझ बढी सहयोग गर्नेछ भन्ने डिशहोमको आशा गरेकाे जनाएको छ ।

डिसहोमले नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क भएको र उपग्रह (स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नलको पहुँच र ग्राहकहरू रहेका छन् ।