घन प्रहार गरी छिमेकीलाई घाइते बनाएको अभियोमा पक्राउ

घन प्रहार गरी छिमेकीलाई घाइते बनाएको अभियोमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  बैशाख २२, २०७७

सोलुखुम्बु । घनले प्रहार गरी छिमेकीलाई घाइते बनाएको अभियोगमा महाकुलुङ गाउँपालिका(१ साब्दी बस्ने ३० वर्षीय युबराज बस्नेतलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

युबराजले सोही ठाउँ बस्ने २८ वर्षीय पुरुषलाई गोठ नजिकै जम्मा पारी राखेको पत्करमा आगो लागेको बिषयमा बिबाद भई घनले टाउकोमा प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले युवराजलाई पक्राउ गरेको   हो । घाइतेलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र सोताङ पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।