एक सय १० जनाको आरडिटी रिपोर्ट नेगेटिभ

एक सय १० जनाको आरडिटी रिपोर्ट नेगेटिभ

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख २२, २०७७

काठमाडौ‌ । विदेश तथा देशका विभिन्न स्थानबाट कीर्तिपुर नगरपालिकामा आएर बसोबास गरेकाहरुको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । बाहिरबाट आएका ११० जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका उपप्रमुख सरस्वती रिजालका अनुसार जाँच गरिएकामध्ये ६९ जना विभिन्न देशबाट फर्किएका थिए । अन्य सबै होम क्यारेन्टाइनमै बसे पनि नगरपालिकाले विभिन्न वडामा बनाएको क्यारेन्टाइनमा नौ जनालाई राखिएको थियो । त्यसमा हाल दुई जना मात्र छन् । अन्य सबै घरफर्किसकेको उहाँले जानकारी दिनुभयो । प्रवक्ता रिजालका अनुसार वडा नम्बर ४ स्थित ग्रीनभेज सेकेण्डरी स्कूलमा नुवाकोट र बाग्लुङबाट कीर्तिपुर आएका एकएक  जनालाई राखिएको छ ।