महालक्ष्मी नगरपालिका द्धारा श्रममा सहभागी हुन आग्रह

महालक्ष्मी नगरपालिका द्धारा श्रममा सहभागी हुन आग्रह

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख २३, २०७७

ललितपुर । महालक्ष्मी नगरपालिकाले दैनिक ज्यालादारी गरी खानुपर्ने वर्गलाई श्रमसँग जोड्ने योजनाअनुरुप सार्वजनिक विकास निर्माणको काममा लगाउने भएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण रोक्न बन्दाबन्दी गरिएको अवस्थामा मजदुर वर्गलाई आवश्यक खर्च व्यवस्थापन गर्न सहज होस् भन्ने अभिप्रायका साथ महालक्ष्मीले उक्त योजना अघि बढाएको हो ।
 
दैनिक काम गरी खाने वर्गका हितमा न्यूनतम रोजगारको कार्यक्रम शुरु गर्न लागेका नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ुनगरपालिकाभित्र रहनुभएका बेरोजगार तथा श्रमिक वर्गलाई यहाँको वडा कार्यलयमा सम्पर्क गरी श्रममा आधारित रोजगार कार्यक्रममा सहभागी हुन अपिल गर्दछु ।ु नगरपालिकाले दिने काममा लाग्ने गरिब तथा विपन्न वर्ग भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना नहुने श्रेष्ठको भनाइ छ ।