हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई पनि मासिक भत्ता उपलब्ध गराउन शुरुआत्

हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई पनि मासिक भत्ता उपलब्ध गराउन शुरुआत्

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख २३, २०७७

काठमाडौ‌ । हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक रु ५००  भत्ता उपलब्ध गराउन शुरुआत् गरेको छ । 

सो गाउँपालिकाका सात वटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको  अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । 

उहाँका अनुसार पालिकाले सो भत्ता वितरणका लाागि चालु  आर्थिक वर्षमा  रु २० लाख विनियोजन थियो  । “राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिकरूपमै हामीले त्यसको शुरुआत गरेका हौँं । समानताको नाराअनुसार नै एकल पुरुषलाई पनि भत्ता वितरण गरिएको हो । ” उहाँले भन्नुभयो ।

एकल पुरुष भत्ता लिइरहेकाले ज्येष्ठ नागरिक भत्ता लिन शुरु गरेपछि भने दोहोेरो सुविधा पाउने छैनन् । हाल पालिकाभित्रका सबै वडामा एकल पुरुषको सङ्ख्या सङ्कलन गर्ने काम भइरहेको र ३५० कोे हाराहारीमा सो सङ्ख्या रहेको जानकारी सो गाउँपालिकाले दिएको छ । अहिले रु ५०० बाट शुरु गरेको यो कार्यक्रम आगामी वर्षहरुमा बढाउँदै लैजाने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।