वेद व्यासदेखि  थेलिजसम्मः मानिसको ज्ञानको भोक र जीवनको वास्तविकता

वेद व्यासदेखि  थेलिजसम्मः मानिसको ज्ञानको भोक र जीवनको वास्तविकता

पर्वत भट्टराई  |  दृष्टिकोण  |  बैशाख २३, २०७७

जहिलेदेखि मानिसले सभ्यताको खुड्किलोमा टेक्न थाल्यो तबदेखि उसलाई अनेक आवश्यकता र इच्छाले गर्दा ज्ञानको भोक लाग्न थालेको पाइन्छ। मानव विकासक्रमका विभिन्न युगहरू पार गर्दै यहाँसम्म आउँदा होमो 'सेपियन्स'का लाखौँ करोडौँ सन्तानहरू मध्येका केही प्रतिभा शाली र उत्कृष्ट मानिसहरूले ज्ञान खोज्न थालेको पाइन्छ।

 यो पृथ्वीको सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्मका अनेक भूभागका केही मानिसहरूले ज्ञानको महत्वलाई राम्ररी बुझेर हरेक कुराको यथार्थ पत्ता लगाउने कोसिस गरेको इतिहास छ। ज्ञान त्यसै प्राप्त हुने कुरा नभएकोले उनीहरूले यसको लागि अनेक तपस्या, चिन्तन, मनन र व्यवहारिक प्रयोग गरेर ज्ञानको नजिक पुग्ने कोसिस गरेका थिए। यो प्रयास अहिले पनि जारी छ र पछिसम्म पनि जारी नै रहने छ। सृष्टिको प्रारम्भ, ब्रह्माण्ड जगत्, द्रव्य पदार्थ, दिक्, काल, आकाश, आत्मा र अझ पर परमात्मासम्मको ज्ञानको बारेमा  जान्ने अभिलाषाले नै चिन्तनको विकास भएको थियो।

त्यस्तै चिन्तनको परिणाम स्वरूप अनेक दर्शनहरूको प्रतिपादन भएको हो। त्यस्ता अनेक दर्शनहरू केवल दर्शनशास्त्रमा गरिने बुद्धि विनोदको लागि नभएर मानिसको दैनिक जीवनको लागि खोजिएको आवश्यकताको उपज थियो। 

एउटा भनाई छ पानी बिना चिउरा पनि भिज्दैन। अझ जीवन रूपी फलामको चिउरा भिजाउन त कति कठिन हुन्छ भन्ने कुरा खोलाको किनारमा काखमा बच्चा च्यापेर गिट्टी कुट्ने महिलालाई सोधे हुन्छ। अरबको बालुवामा पचास डिग्री सेल्सियसको तातोमा तपप पसिना चुहाउने पुरुषलाई पनि सोधे हुन्छ। जीवनका लागि रगतभन्दा पसिनाको मूल्य नै बढी होला । रगतले जन्मको अस्तित्व निर्धारण गर्छ भने पसिनाले जीवन सञ्चालनको निश्चितता प्रदान गर्दछ। नेता, कर्मचारी, व्यापारी, श्रमिक, गृहिणी र यी बाहेकका सबै श्रम शोषकहरूको पनि जीवनका उकाली, ओराली, घुम्ती र मोडहरूमा दैनिक जीवनका चिउरा भिजाउन धेरै कुराहरूको जरुरी हुन्छ।

हरेक दर्शनले अन्तिम सत्यको ज्ञान दिन्छ र मानिसको जीवनलाई सरल बाटोमा हिँड्ने उपायहरू पनि बताउँछ। हामी आफूले नजाने तापनि जान्नेहरूले हामीलाई त्यसको ज्ञानका बारेमा भाषण, प्रशिक्षण र प्रवचन मार्फत दिन्छन् र दिई रहेका छन्। तर पनि न जीवन सरल भएको छ न दिइएका उपायहरूले काम गरी रहेका छन्। यहीँ नेर आएर मानिसको जीवन र दर्शनको तालमेलमा समस्या छ। दर्शनको सामान्य प्रयोगको पानीले जाबो सुख्खा चिउरा भिजाउन पनि नदिने र मानिसको जीवनलाई बारम्बार समस्यामा पार्नेहरू सन्सार भरि सक्रिय छन्। 

 कोरा विचार, सिद्धान्त, दृष्टिकोण, चिन्तन र दर्शनले मात्र  चिउरा भिज्न सक्दैन। त्यसैले जीवनका चिउरा भिजाउन यथार्थवादी र वास्तविकतामा आधारित दर्शनको आवश्यकता पर्दछ। त्यस्तो दर्शनलाई सामाजिक सापेक्षता अनुसार सबै क्षेत्रमा लागू गरे पछि मात्र मानिसको दैनिक जीवन सरल र सहज हुन सक्छ। कुनै न कुनै अर्थ राजनीतिक दर्शन र दृष्टिकोण रूपी पानीले हाम्रो जीवनको चिउरा भिजी रहेको हुन्छ। हामी त्यही चिउरा खाएर बाँची रहेका छौँ। यती चिउरा पनि नपाउने अवस्था नै गरिबी र पछौटेपन हो। कतिपयलाई यो कुरा थाहा छ र कतिपयलाई थाहा छैन। यो कुरा थाहा पाएर त्यसको विरुद्धमा लड्नेहरूले जित्छन् र थाहा नपाएर त्यसै बस्नेहरू सधैँ हारिरहेका हुन्छन्, हो यहीँ नेर हामीलाई आवश्यक पर्छ सही दर्शन र त्यसको कार्यान्वयन। मानव सभ्यताका अनेक काल खण्डमा धेरै ऋषि, मुनी, तपस्वी, चिन्तक, विचारक र दार्शनिकहरूले अनेक दर्शनहरूको निरूपण गरेका छन्।

नेपाल सहितको उहिलेको भारत वर्ष र एथेन्स सहितको युरोपको ग्रिसबाट हजारौँ वर्ष पहिले दर्शनको खोज, निरूपण, सङ्ग्रह र प्रचार सुरु भएको मानिन्छ। मध्य नेपालको दमौलीदेखि ८-१० कि.मी.पूर्व छाब्दी वाराहीको मन्दिर आसपास जन्मिएका वेद व्यास (इसा पूर्व करिब ३००० देखि २०००) र अहिलेको ग्रिसको माइलेटस नगरमा जन्मिएका थेलिज (इसा पूर्व ६२४-५५०)  सर्व प्राचीन चिन्तक र दार्शनिक थिए। उनीहरूलाई क्रमशः पूर्वीय र पश्चिमी जगतको दर्शनशास्त्रका पिता भनी मानिँदै आएको छ। पूर्वका व्यास र पश्चिमका थेलिजले दर्शनको जग हाले पछि आजसम्म आई पुग्दा त्यसै जगबाट हजारौँ दार्शनिकहरूले अनेक दर्शनहरूको मजबुत किल्ला खडा गरी सकेका छन्। पूर्वीय चिन्तन परम्परामा मुख्य रूपमा नेपालका व्यास र पश्चिमेली चिन्तन परम्परामा ग्रिसका जेलिथलाई पहिलो दार्शनिक मानिएको छ।

पूर्वीय चिन्तन परम्परामा व्यास लगायत अनेक ऋषिहरूको प्रयासबाट ऋग्वेद, उपनिषद र पौराणिक साहित्य मार्फत पूर्वीय दर्शनको र थेलिज सहित अन्य सात जना चिन्तकहरूको प्रयासबाट पश्चिमेली दर्शनको सुरुवात भएको पाइन्छ। ऋग्वेद र महाभारत विश्वको एउटा भाषाबद्ध त्यस्तो पहिलो ग्रन्थ हो जसले दृश्यमा देखिने सामान्यतत्वरपदार्थदेखि अदृश्य आत्मासम्मको व्याख्या गरेको छ। ऋग्वेदको रचना इसा पूर्व घण्ण्ण् देखि २००० वर्ष पहिले मानिएको छ भने प्राचीन उपनिषद इसा पूर्व आठौँ शताब्दीको हो भनेर विश्वास गरिएको छ। त्यसै गरी पश्चिमी दर्शनशास्त्रका पिता थेलिज र उनका समकालीन अन्य चिन्तकहरूले पश्चिमी दर्शनको निरूपण, सङ्ग्रह र प्रचार गरेका थिए। थेलिज सबै चिन्तकहरूका गुरु सरह थिए। यता ऋषि वशिष्ठका छोरा शक्ति, शक्तिका छोरा पराशर र पराशरका छोरा व्यासले चार वेद र अठार पुराण लेख्ने र लेखाउने काम गरेका थिए। साथै विश्वकै सबैभन्दा ठुलो प्राचीन काव्य ग्रन्थ महाभारतको रचना पनि उनले नै गरेका थिए।
  
                          वेद व्यास                                                                                                     थेलिज
महर्षि व्यासलाई ९व्यास परम्पराका अट्ठाइसौँ व्यास० पूर्वीय दर्शनका पिता मान्ने गरिएको छ। उनले र अन्य ऋषिहरूले वेदका सूक्तहरूको सङ्कलन गरी शिष्यहरू मार्फत त्यसको प्रचार समेत गरेका थिए। पूर्वीय दार्शनिकहरूमा पैल, जैमिन, वैशम्पायन, सुमन्तु, जैमिनि, कणाद, कपिल, पतञ्जलि,  वृहस्पति, महावीर, नागार्जुन र गौतम बुद्ध प्रमुख थिए।

त्यसैगरी पश्चिमा दर्शनका अग्रज थेलिज पछि डेमोक्रिटस, एरिस्टोटल, सोक्रेटस, प्लेटो, डेकार्ट, स्पिनोजा, लैबनिटिज, कान्ट, ह्यूम, सार्त्र, जे। एयर, विट्गेस्टाइन, हेगेल र मार्क्स जस्ता दार्शनिकहरूले ज्ञानद्वारा मानिसको जीवन दर्शनलाई सहज र अनुकूल गराउने महत्त्वपूर्ण कोसिस गरेका थिए।

दर्शनको परिभाषा, स्वरूप, मान्यता, अवधारणा र चरित्रमा अनेक परिवर्तनहरू भई रहन्छन्। तर यसको मूल स्वरूपमा भने खास परिवर्तन भएको पाइँदैन। आधुनिक विज्ञानको विकास नहुँदासम्म दर्शनको बाटो केही साँगुरो थियो। जीवन, जगत्, तत्त्व र चेतनाका विषयमा जे जस्ता प्रश्नहरू हुन्थे ती सबै दर्शनमा सम्मिलित थिए। तर यो युगमा आएर दर्शनबाट निर्देशित वा विकसित विज्ञानले चेतना, चिन्तन, विचार, प्रविधि र दृष्टिकोणमा धेरै परिवर्तन ल्याएको छ। यही परिवर्तित दर्शन, विज्ञान र प्रविधिले हाम्रो जीवन चली रहेको छ र चली रहन्छ। सही ढङ्गका दर्शन, दृष्टिकोण, विज्ञान र प्रविधिहरूलाई हरेक मानिसको जीवन शैलीमा उपयोग गरेर अघि बढेमा सबैको कल्याण हुन्छ भने आफ्नो वा केही समूहको स्वार्थ पूरा गर्नका लागि मात्र यसको उपयोग गरिन्छ भने त्यही बिन्दुबाट सुरु हुन्छ शोषण, उत्पीडन, विखण्डन, विद्रोह र कलह । अहिले यसैको भुमरीमा परिवार, समाज, देश र पूरा विश्व फसेको छ। तर कुनै पनि दर्शनले यस्ता कुराको अनुमति नदिने मात्र होइन बरु स्वतः खारेज गर्दछ।  

हरेक दर्शनले अन्तिम सत्यको ज्ञान दिन्छ र मानिसको जीवनलाई सरल बाटोमा हिँड्ने उपायहरू पनि बताउँछ। हामी आफूले नजाने तापनि जान्नेहरूले हामीलाई त्यसको ज्ञानका बारेमा भाषण, प्रशिक्षण र प्रवचन मार्फत दिन्छन् र दिई रहेका छन्। तर पनि न जीवन सरल भएको छ न दिइएका उपायहरूले काम गरी रहेका छन्। यहीँ नेर आएर मानिसको जीवन र दर्शनको तालमेलमा समस्या छ। दर्शनको सामान्य प्रयोगको पानीले जाबो सुख्खा चिउरा भिजाउन पनि नदिने र मानिसको जीवनलाई बारम्बार समस्यामा पार्नेहरू सन्सार भरि सक्रिय छन्। 
भनिन्छ , विश्वको नब्बे प्रतिशत पुँजी दश प्रतिशत मानिसको हातमा छ र बाँकी रहेको दश प्रतिशत पुँजीले विश्वभरका नब्बे प्रतिशत मानिसको जीवन चली रहेको छु अभाव, दुःख, कष्ट, पीडा, बेरोजगारी र दैनिक गुजाराको समस्याले मानिस युगौँदेखि हारी रहेको छ। असल दर्शन र दृष्टिकोण लागू गरेर नब्बे प्रतिशत मानिसहरूले जित्नु पर्नेमा पुँजीपति, दलाल, नोकर शाही, कर्पोरेट र अवैधानिक नेतृत्वका दश प्रतिशत मानिसले जिती रहेका छन्। व्यास र थेलिजहरूले सुरु गरेको र बुद्ध र मार्क्सहरूले देखाएको बाटोमा हिँड्न रोक्नेहरूले मानिसको जीवनलाई वास्तविक अर्थमा धोका दिई रहेका छन्। यो नै अहिलेको विश्वको वास्तविकता हो। यसलाई राम्ररी चिन्न र चिर्न सक्नु नै आजको आवश्यकता हो।