ध्यान कसरी गर्ने ? अलौकिक आनन्द प्राप्त गर्ने तरिका
बैशाख २३, २०७७

मानिसले हिजोआज निके नै ध्यान गर्न थालेका देखिन्छ ।  कत्तिले बुझेर ध्यान गर्छन् भने कत्तिले नबुझीकनै अरूले ध्यान गरेको देखेको देखासिकी कै भरमा ध्यान गर्छन् । जसले जसरी ध्यान गरे पनि ध्यानपूर्वक एकाग्र भएर ध्यान गर्छ भने यो निके राम्रो कुरा हो । ध्यान भनेको एकाग्रता पनि हो । कुनै पनि काम एकाग्र भएर गर्नु अथवा चित्त लगाएर गर्नु नै ध्यान गर्नु हो ।

 हामीले बोलीचालीका भाषामा  भन्ने पनि गर्छौ कि आफ्ना बच्चालाई भन्नु पर्‍यो भने ध्यान लगाएर पढ् अथवा ध्यान दिएर पढ ! ध्यान दिनु भनेको मन लगाउनु हो । मन लगाएर एकचित्त  भएर कुनै पनि काम गर्दा सफल होइन्छ त्यसैले पनि ध्यान दिएर गर्नु पर्छ भनिएको हो । मानिसहरू आँखा चिम्लेर ध्यान गर्न बस्छन् । ध्यान गर्दा सबै दुःख र समस्या बिर्सेर मनलाई एकत्रित बनाई अति आवश्यक छ । कत्तिले भन्ने ध्यान गर्न बस्ने तर मा ध्यानमा नै लाग्दैन । आँखा चिम्लेर बस्यो मनमा दशथरि कुरा खोलाउने गर्छन् । दिमागमा अनेकौँ कुरा सोच्ने गर्छन् । धेरै मानिसले भन्ने गरेको सुनिन्छ  ‘के गरेर ध्यानमा मा लगाउन ?’ के गरयो भने ध्यानमा मन लाग्छ त ? 

ध्यान गर्दा मन शान्त हुनु अति नै जरुरी हुन्छ ।  यसको लागि शारीरिक क्रिया हुनु अति नै आवश्यक छ । ध्यान मनुष्यको मूल स्वभाव हो । ध्यान एउटा अत्यन्त मनुष्यको प्राकृतिक स्थिति पनि हो । जति हामी ठुलो हुँदै जान्छौ हाम्रो ध्यान त्यति नै भङ्ग हुँदै गाइरहेको हुन्छ ।  मानिस एउटै कुरामा मन लगाएर बस्न सकिरहेको हुँदैन । 

 किनभने हामी जन्मेदेखि नै प्रतिस्पर्धा गरिरहेका हुन्छौ । त्यसो भएको हुनाले ध्यान भङ्ग भएर जान्छ । ध्यान नभएकै कारण मानव जाती सधैँ तनावमा नै रही रहेको हुन्छ ।  ध्यान अत्यन्त प्राकृतिक स्थिति हो । बच्चाहरू स्वाभाविक हिसाबले ध्यान गरिरहेका हुन्छन् । ४ देखि ६ वर्षको उमेरका बच्चाले ध्यान चाँडो सिक्न सक्छ । ध्यान कसरी गर्ने वास्तविक नियम हामीलाई थाहा छैन । 

ढाडबांगो गरेर बसेर गरिएको ध्यान हुँदैन । सुखासन वा पद्यमासनमा बस्नु पर्छ । मन स्थिर हुनु पर्छ । आसन स्थिर हुँदा अगाडि वा पछाडि फर्केर वा झुकेर बस्नु हुँदैन । म चल्दैन भनेर सङ्कल्प गर्नुपर्छ । सङ्कल्प गरेर बस्दा एकाग्रता हुन्छ । सबै कुराबाट निवृत्त भएर आँखा चिम्लनु पर्छ यदि आँखा खोल्यो भने एकाग्रता भङ्ग हुन्छ त्यसैले ध्यान गर्दा आँखा चिम्लनु पर्छ भनेर भनिएको हो ।

अरूले गरेको देखेर आफूलाई ध्यान लाग्दैन ।  म भित्र भएको चेतना आफै भित्र फर्काउने अभियानलाई ध्यान भनिएको हो । त्यसैले ध्यान गर्नु भन्दा पहिले आफू  सजग हुनुपर्छ  । बाहिरका कुराकाट निवृत्त भएर ध्यानमा बस्नु सक्नुपर्दछ । त्यसले त भागवत गीतामा भनिएको छ – ध्यान गर्दा अलग ठाउँमा बसौँ पवित्र ठाउँमा बसौँ, प्राचीनकामा बनेका मठ मन्दिरहरू ध्यान गर्नाका लागि बनेका हुन् । क्रषिमुनीहरु ध्यान गर्दा यही पवित्र स्थलमा गएर ध्यान गर्ने गर्थे । त्यस बेला मठ मन्दिर पूजा गर्न बनेका थिएनन् । मठ मन्दिरहरू एकाग्रताका लागि बनेका हुन् । पवित्र ठाउँमा बसेर ध्यान गर्दा एकाग्रता होइन्छ र ध्यान पनि लाग्ने गर्छ । मन्दिर ध्यान गर्नाका लागि बनेको हो साधना गर्न बनेको ठाउँ हो ।  पवित्रताले एकाग्रता ल्याउन मदत गर्छ ।  ध्यान सुरुका दिनमा क्रिया हो पछि गएर अक्रिया हुन्छ । सुरुमा ध्यान गर्दा मेहनत भने गनै पर्छ । 

ध्यान कसरी गर्ने ? यो प्रश्न पनि धेरैको मनमा आउने गर्छ । आफू भित्रको ज्ञान आफै भित्र फर्काउनुलाई ध्यान भनिन्छ । संसार प्रति सजग भएको व्यक्तिलाई ध्यान लाग्न सक्दैन किनभने उ बाहिर नै एकोहोरिएको हुन सक्छ । हामी जस्तो व्यक्तिले ध्यान गर्दा सुरुका दिनमा धेरै मिहेनत नै गनुपर्र्ने हुन्छ । 

 ध्यान गर्दा आफ्नो शरीरलाई सिधा राख्नु पर्छ । शिरलाई र गर्दन पनि सिधा पनि राख्नु पर्छ  । कुण्डलिनी ऊर्जा बग्नको लागि ढाड सिधा गरेर बस्नु जरुरी छ । ढाडबांगो गरेर बसेर गरिएको ध्यान हुँदैन । सुखासन वा पद्यमासनमा बस्नु पर्छ । मन स्थिर हुनु पर्छ । आसन स्थिर हुँदा अगाडि वा पछाडि फर्केर वा झुकेर बस्नु हुँदैन । म चल्दैन भनेर सङ्कल्प गर्नुपर्छ । सङ्कल्प गरेर बस्दा एकाग्रता हुन्छ । सबै कुराबाट निवृत्त भएर आँखा चिम्लनु पर्छ यदि आँखा खोल्यो भने एकाग्रता भङ्ग हुन्छ त्यसैले ध्यान गर्दा आँखा चिम्लनु पर्छ भनेर भनिएको हो ।

 ध्यान गर्दा अनेकौँ सोच आउँछ । यस्ता सोचलाई हटाउनु सक्नु पर्छ । स्थिर रहनु पर्छ । सजक व्यक्तिले युद्धमा जाँदा पनि ध्यान गर्छ । आँखा बन्द गरेर आत्म गुफालाई हेर्न थार्लौ । कुनै पनि चिन्तन गर्नु हुँदैन । बन्द आँखाले आफ्नो आत्म गुफामा हेर्नुपर्छ । आत्म गुफामा हेर्दै जाँदा आफ्नो स्वरूप देख्न सकिन्छ । आत्म गुफामा बन्द आँखाले हेरिराख्नु नै ध्यान हो । सारा संसारमा नभएको आनन्द र प्रम छ त्यो आत्म गुफामा । यसले बिस्तारै तान्दै लैजान्छ ।  आफू भित्रको सजगता हो ध्यान । ध्यान नगरी पूजा अर्चनाको कुरा पनि बुझ्न सकिँदैन । आफ्नो आत्म गुफालाई हेर्नु र्छ । ध्यानले नै प्रसाद दिन्छ ।