विद्यालयको कम्प्युटर चोरी

विद्यालयको कम्प्युटर चोरी

लोकसंवाद संवाददाता  |  शिक्षा  |  बैशाख २४, २०७७

दैलेख । भैरव आधारभूत विद्यालय, दुल्लुको कक्षाकोठामा रहेका चार कम्प्युटर मङ्गलबार राति चोरी भएको छ । दुल्लु नगरपालिका–११, तोरायाँ लामागडास्थित सो विद्यालयको कम्प्युटर चोरी भएको छ ।  प्रहरीले दोषी खोजिरहेको जनाइएको छ । 

विद्यालयका प्रधानाध्यापक यामबहादुर थापा मगरले करीब चार वर्षअघि ल्याई पठनपाठन गर्न प्रयोग गरिएका ती कम्प्युटर, फर्निचर आदि गरी करीब चार लाख बराबरको चोरी भएको बताउनुभयो । अभियुक्तको खोजी भइरहेको प्रहरी हवल्दार वसन्त श्रेष्ठले  जानकारी दिनुभयो ।