गुमनाम कविहरू  जसले पुरस्कारकै लागि कविता लेखे

गुमनाम कविहरू  जसले पुरस्कारकै लागि कविता लेखे

उपासना संकल्प  |  समाज  |  फाल्गुन २५, २०७५

विगत केही वर्षदेखि नेपाली साहित्यका पुरस्कार खाशगरी कविता क्षेत्रको पुरस्कार छनोट र वितरणको विषय व्यापक विवाद र बहस आउने गरेको छ । 

यो विवाद सरकारी र गैरसरकारी दुवै क्षेत्रमा व्यापक रूपले स्थान पाउने गरेको छ । पुरस्कार पाइएन वा कोही कसैले पुरस्कार दिइएन भने नालायक कवि पो ठहरिने हो कि मनोग्रन्थीबाट नेपाली साहित्य क्षेत्र आक्रान्त बन्दै आएको छ । अथवा अर्को अर्थमा भनौ आजभोलि आफूले पुरस्कार पाएको तस्बिर सामाजिक सञ्जालमा राख्न पाइएन भने त्यो साहित्यकारको दर्जामा नपरिएला भन्ने मनोदशाको सिकार धेरै कवि र साहित्यकारहरू  भएको देखिन्छ । 

नेपाल प्रज्ञाप्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवका नाममा दिइने पुरस्कार पनि विवाद रहित हुन सकेको छैन । त्यही विवाद र बहसको केही हदसम्म चर्चा गर्ने प्रयास गरिएको छ । खशगरी महोत्सवमा  राम्रो लेखेर भन्दा पनि पुरस्कार पाउनका लागि गरिने हत्कण्डाचाहि बढी नै गम्भीर खालका हुने गरेका छन् ।  यो प्रचलन पञ्चायत कालमा नै सत्तामा रहेका पञ्चहरूको गुणगानका लागि यस्तो कविता महोत्सव आयोजना गरेर आफू अनुकूलताका कविहरूलाई पुरस्कृत गरिँदै आएको थियो । २०४६ को परिवर्तन पश्चात् पनि भक्तिगानलाई पुरस्कृत गर्ने परम्परालाई निरन्तरता दिइएको एक खालका कविहरू आरोप लगाउँदै आएका छन् ।  । त्यस बेला र अहिलेमा के फरक छ यति छ कि कसले, कसको र कुन कविको भक्तिगानमा बढी समय खर्चिने भन्ने भन्ने कुरालाई ध्यान दिन थालिएको छ । २०४६ पछि वैरागी काइँला, तोया गुरुङ, वेन्जु शर्मा, तुलसी भट्टराई,  विष्णुविभु घिमिरे, दुवसु क्षेत्री, तुलसी दिवस, ज्ञानुवाकर पौडेल, कृष्ण धरावासी,आदि आदिकै वरिपरि  कुनै न कुनै रूपमा घुमी रहयो भन्दा पनि फरक पर्दैन । 

कविताको उत्कृष्टता भन्दा व्यक्तिहरूको भक्तिगानमा केन्द्रित भएको आरोप लाग्ने गरेको छ । विगतमा विमल भौकाजी, रोशन थापा निरव, प्रमोद स्नेहीहरुलाई पुरस्कृत गरी निर्णायकहरूले आफ्नो वरिपरि घुमाएको आरोप निरन्तर लाग्ने गरेको छ । त्यसपछि पालो थियो गोवर्द्धन पूजाहरूको उनीहरूले प्रमोदहरूको विरोध गरे त्यसको अर्को पल्ट त्यही समूहलाई पुरस्कृत गरिएको थियो । कविता प्रतियोगीलाई अर्को तर्फ कविता भन्दा पनि लिङ्गको आधारमा पनि पुरस्कार दिने गरेको आरोप निर्णायक र आयोजकहरूलाई बारम्बार  लाग्ने गरेको छ ।  

जात र क्षेत्रलाई समेत हेरिने गरेको छ । कवि श्रवण मुकारुङको राम्रो कविता हुँदा हुँदै पनि विवादित बनाउँदै  आइएको छ । गरिमामा प्रकाशित कवितालाई पुरस्कार दिन खोज्दा उनको कविता विवादित समेत बनाइयो । दुवसु क्षेत्रसहित सबै भाइहरू राम अविराम, कृसु , ताराकुमार ,चक्र र भरत सुवेदीसम्म समेतले पुरस्कृत भएको देखिन्छ  । दुवसु कृसु बहेकाका अरू भाइहरूलाई भने पुरस्कारका लागि मात्र कविता लेखेका हुन भन्ने आरोप खेपी रहेका छन् । 

यही कविता महोत्सवको सन्दर्भमा केही रोचक प्रसङ्ग पनि छन् ।  समयसमयमा कविहरूको मजामा चर्चा हुने विषय के हो– शशी लुलुम्बु र घनेन्द्र ओझाद्धयले प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत हुनको लागि महिलाको नाममा कविता बुझाए  थिए । लुमुम्बूले कला राई र ओझाले विभूति शर्माको नाममा बुझाएको कविता पुरस्कारको लागि छनाेट  समेत भएका थियो । तर ती कविता महिलाको कोटामा परेपछि लुमुम्बूलाई उपलब्ध गराइएको थिएन भने घनेन्द्र ओझाले पाइँदैन भनेर कुरा बुझेर नै त्यसलाई बहिष्कारको नाटक गरी पुरस्कार छाडिदिएको घोषणा गरेका थिए ।

एकेडेमीले आयोजना गरेको कविता प्रतियोगितामा पुरस्कृत हुने धेरै रहर गर्ने कविमा मणी लोहनी । उनको सपना पनि त्यतिकै तुहिएको अवस्था छ  । यसको खास कारण उनी सबैका हुनखोज्दा कसैका पनि हुन नसकेका कारण पुरस्कार छनोटमा नपरेको चर्चा गर्ने गरिन्छ । यो बुझेर नै २०६१ देखि लोहनीले भाग लिनै छाडे भने ठाकुर बेलवासे एक पटक तृतीय भए पनि उनले त्यसैमा चित्त बुझाउन सकेनन् मौका मौकामा कविता बुझाएर अनुकुलतामा पहिलो पुरस्कार पाएरै छाडेका छन् । यद्यपि दुवै कविहरू समकालीन कवितामा अब्बल नै मानिन्छन् ।

 नवराज लम्सालले पनि कविता प्रतियोगीको मापनलाई एकै पटकमा अब्बल देखाइदिएको प्रसङ्ग छ । कार्यक्रम मधु वन चलाएकै आधारमा उनलाई पनि पुरस्कृत गरिएको प्रसङ्ग पनि त्यति नै चर्चित छ । त्यस्तै रमेश पौडेलले पनि रेडियो नेपालको साहित्यिक कार्यक्रमलाई भरपुर उपयोग गरेको आरोप खेपेकै विषय हो  । उपयोग नै गर्न नसकेका र मधुपर्कमा बसेपनि केही फाइदा नउठाएका तुलसीहरी कोइराला मात्रै भएको प्रसङ्ग समय समयमा आउने गरेको छ । उनले धेरै पटक कविता प्रतियोगितामा भाग लिए तर उनलाई असफलता मात्र हात लागेको छ । यसको एउटै कारण थियो उनी काँग्रेस त भए तर काँग्रेस भित्रको कुनै खेमाको बन्न नसक्नु उनको कमजोरी थियो ।  पदम गौतम, टङ्क उप्रेतीहरू पनि समय समयमा भाग लिएर पुरस्कार छनोटमा नपर्ने नामहरू हुन । कविता विधामा  क्रियाशील रहेका धेरै कविहरूले प्रज्ञा प्रतिष्ठानको कविता प्रतियोगिता भाग लिएको भए पनि छनोटमा पर्न सकेका छैनन् ।  

यी र यस्ता धेरै प्रसङ्गहरू छन् । केहीलाई बोलाएरै २०६२/२०६३को जनआन्दोलनपछि पनि कविहरूलाई बोलाएरै वा कविता बुझाउन लगाएरै पुरस्कार थमाइएको नजिर पनि छ । कवि चेतनाथ धमला लगायतहरुले आन्दोलनपछि कविता महोत्सवमा भाग लिन लगाएर पुरस्कार दिलाइएको चर्चा चलिरहिन्छ ।

 जे जे प्रसङ्ग भए पनि प्रतिष्ठानले आयोजना गरेका कविता प्रतियोगिताको कविता छनौट प्रक्रिया र निर्णय प्रक्रिया पारदर्शी बन्न सकेको छैन भन्ने कुरामा सबै सहमत हुँदै आएका छन् । प्रतिभा बोहोरा, शान्ति सुवेदी, सरिता थापा, पुण्य बराल, भीम राना, हरि पोखरेल, दुर्गा शर्मा, विश्वप्रकाश पौडेल, विष्णु ज्ञवाली, वसन्त ढकाल, ऋषि बस्ताकोटी, अरुण वैद्य, युवराज गौतम, विमला गौतम, मधुसुदनकार्की, बुद्धिबल श्रेष्ठ, मधुकुमार मरासैनी लगायतका केही कविहरूले  विगतमा पुरस्कार पाउने नामहरू हुन । एक पटक पुरस्कृत भए पनि अहिले उनीहरू कहाँ के गरिरहेका छन् भन्ने बारेमा खास चर्चा समेत हुने गरेको छैन ।  केहीले उफ्र कविको रूपमा उपाधि समेत पाएर पलायन हुनुलाई उनीहरुदलाई कसैको भरमा पुरस्कृत त गरिएको थिएन भन्ने बारेमा प्रश्न उठ्न थालेको छ । 

यति विघ्न कविहरू पुरस्कारको लागि किन लोभिन्छन ? यसका खोजी हुनु आवश्यक  छ । यस विषयमा प्रगतिशील कवि हौ भन्नेहरू खास बोल्दैनन् बरु त्यही लाइनमा लाइन लागेर चाकडी,चाप्लुसी भक्तीगनमा तत्लन भएर लागेको देखिन्छ ।  आफूहरूलाई प्रगतिशील हौँ भन्नेहरूको कवितामा नारा मात्र छ बाण्हनामा महोत्सवमा कविता बुझाएर तृतीय तथा सान्तना पुरस्कारमा चित्त बुझाउँदै आएको अवस्था छ । यसको उदाहरणको रूपमा  प्रगतिशील लेखक सङ्घका महासचिव आरएम डङ्गोल हेरे पुग्छ ।