हात्तिडाँडा समाजले  पनि  २५६४ औँ  बुद्ध जयन्तीमा दीप प्रज्वलन गरी मनायो

हात्तिडाँडा समाजले  पनि  २५६४ औँ  बुद्ध जयन्तीमा दीप प्रज्वलन गरी मनायो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २६, २०७७

काठमाडौँ । काठमाडौँको गोठाटार स्थित हात्तीडाँडा समाजले २५६४ औँ बुद्ध जयन्ती विश्व महामारीको रूपमा रहेको कोरणा भाइरस (कोभिड -१९) रोग विरूद्दको लडाईमा सेवा गरी रहेका पेशाकर्मी र स्वयंसेवीहरूमा समर्पित गरी उहाँहरूलाई सम्मान एवं प्रोत्साहन गर्न र कोरोनाका कारण मृत्यु वरण गरेकाहरूको आत्मा शान्ति कामना गर्दै  २०७७ बैशाख  २५ गत साँझ ७ घर-घरमा दीप प्रज्वलन गरी भगवान् गौतम वुद्दको जन्म जयन्ती मनाउन नेपाल सरकारले गरेको आग्रह बमोजिम समाजले सामाजिक दुरी कायम गरी समाज भित्र रहेको खुल्ला क्षेत्रमा नेपालको झन्डा अङ्कित नक्सा बनाई मैनबत्ती प्रज्वलन गरी बुँद जयन्ती मनाएको छ। 

दीप प्रज्वलन कार्यक्रमको शुभारम्भ गर्दै समाजका अध्यक्ष गणेश थापाले भन्नु भयो भगवान् गौतम बुँद नेपाल र नेपालीको मात्र नभएर विश्व विचार र सत् चरित्रको मुहान भएकाले गौतम बुँदको विचार, चरित्र र दिव्योपदेश नेपालको सम्पत्तिका रूपमा भएकाले यसको संरक्षण र प्रवर्धनमा जोड दिनु पर्ने र वुद्को बारेमा कुप्रचार गर्नेहरूसँग सजग हुनुपर्ने बताउनु भयो ।

नेपालमा महामारीका रूपमा कोरना नफैलनु एक मात्र कारण भनेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारको उच्च भूमिकाकै भएको स्मरण गरिएको थियो । 

महासचिव अधिवक्ता राजु कटुवालको सञ्चालन तथा ई ब्लकका संयोजक तथा सिभिल बैकका कम्पनी सचिव हिराकाजी बस्नेतको संयोजनमा भएको दीप प्रज्वलन कार्यक्रम हात्तिडाँडा समाजकै अङ्ग साथी समूहको संयोजक तथा काठमाडौँ जिल्ला कोरोना रोग विरूद्दको संम्यत्रको फोकल पर्सन जन स्वास्थ्य नर्स पार्वती विष्टको जिम्मेवारीको बारेमा कुरा गर्दै कोरोना रोग विरूद् उहाँले गरेको योगदानको चर्चा उच्च सम्मानका साथ प्रशंसा गरिएको थियो ।