सरकारी बैङ्कः जागिरमा प्रवेश तयारीका सात चरणहरू

सरकारी बैङ्कः जागिरमा प्रवेश तयारीका सात चरणहरू

सरोज कटुवाल  |  कारोबार  |  बैशाख २८, २०७७

नेपालमा आजकल सरकारी बैङ्कमा जागिर गर्ने यौटा ठुलो युवापुस्ताको जमात आकर्षण क्षाेत्र  बनेको छ । टाई सुटमा सजिएर आकर्षक टेबलमा बसेर स्मार्ट व्यक्तित्व सहित सेवा गर्ने अवसर साथमा सरकारी जागिरको आकर्षण, बर्सेनि ठुलो सङ्ख्या को माग हुने, यौटा सुखी जीवनको लागि पर्याप्त सेवा सुविधा आदिले गर्दा पछिल्लो समयमा यसको आकर्षण विशेष बनेको हाे । व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीको प्रमुख गन्तव्यको रूपमा रहेको यश पेसामा आउन चाहने कुरालाई विभिन्न बैङ्किङ तयारी कक्षा सञ्चालन , सामाजिक सञ्जालमा यसको चर्चा परिचर्चा, बैङ्किङ तयारीका पुस्तक बिक्रीको बढ्दो दर आदिले थप याे आकर्षणलाई प्रमाणित गरेको देखिन्छ । 

यस पेसामा हुने आकर्षणले झन् झन् नयाँ पुस्तामा थप कौतुहुलता र जिज्ञासा थपिरहेको छ । रहर, फेसन , सोख वा स्पष्ट लक्ष्य जेसुकै मार्फत भए पनि कसरी तयारी गर्ने ? के गर्ने ? कति पढ्नुपर्छ ? पठन सामाग्री को जोहो कसरी गर्ने? कसरी तयारी गर्दा राम्रो हुन्छ ? आदि जस्ता प्रश्न नयाँ उम्मेदवारहरूमा बढी पाइने गरेको छ । साथै उपयुक्त ज्ञान नहुँदा धेरै जसो उम्मेदवारहरू अलमलमा पर्ने, निर्णय स्पष्ट गर्न नसक्ने, समय खेर फाल्ने तथा निराशा व्यक्त गर्ने जस्ता समस्याको सिकार भएको देख्न सकिन्छ । यसको केही हद सम्म निराकरण गर्न निम्न उपायहरू अवलम्बन गर्न सकिन्छ ।

पर्याप्त पुस्तक, नोट, इन्टरनेट आदिले गर्दा यता उताबाट बटुल्दा बटुल्दै उत्तर लामो हुने सम्भावना हुन्छ । परीक्षामा कुनै उत्तर लामो हुँदा अन्य उत्तरलाई अन्याय हुन जान्छ । समान अंकभारमा कुनै एकदम लामो र कुनै अनावश्यक छोटो हुनुले कमजोरी दर्साउँछ । तर यो परिक्षाहलको गल्ती नभएर तयारी गर्दाको गल्ती हो भन्ने कमैले महसुस गर्दछन् । थोरै शब्दमा धेरै विषयवस्तु झल्किने किसिमको उत्तरहरू प्रभावकारी हुन्छन् ।

१.  पेसा छनौटके चरण 

व्यक्ति अनुसारको स्वभाव, इच्छा, चाहाना, प्राथमिकता फरक फरक हुने हुँदा सबैलाई एउटै पेसा उपयुक्त नहुन सक्छ । सामान्यतः कुन पेसामा तपाईँ बढी रमाउन सक्नुहुन्छ त्यो पेसा छनौट गर्नुहोस् । यसलाई देखासिकी, अभिभावकको दबाब, कसैको प्रभाव आदिबाट रोज्नुभएको हो भने भोलि यसको ठुलो हानी समेत बेहोर्नुपर्ने हुनसक्छ  । यसमा सचेत हुनुहोस् । बैङ्किङ क्षेत्रका सबै पक्षको विश्लेषण गरेर, जानकारीहरू लिएर मात्र निर्णय लिनु उपयुक्त हुन्छ ।

२‍ . हल्लाबाट  जाेगिने चरण

बजारमा धेरै किसिमका हल्ला र  अफवाहहरू चलिरहेका हुन्छन् । जस्तै बैङ्कमा जागिर खान सोर्स फोर्स चाहिने कुरा, कुनै ईन्टीच्युटका प्रश्नहरू परीक्षामा धेरै मिल्ने कुरा, अक्षर राम्रो हुनेलाई लोकसेवाले प्राथमिकता दिने कुरा, अङ्ग्रेजीबाट लेख्दा पास हुने संभावाना धेरै हुने कुरा, कुनै किताब विशेषको उत्कृष्टता जस्ता नचाहिने कुराले बजार तताउने गरेको अवस्थामा यस्ता मिथ्या कुरा पत्याउने वा यसबाट अनावश्यक तनाव लिने भूल नगर्नुहोस् ।

३.  सामग्री छनौटकाे चरण

आफूले तयारी गर्ने पुस्तक र सामाग्री छनौट गर्दा सकेसम्म अनुभव भएका अनुभवी व्यक्तिको सहायता लिनुहोस् । कम्तीमा दुई ओटा पुस्तक लिनुहोस्, यौटालाई आधार बनाउनुहोस् , अरूलाई 'रिफरेन्स'को रूपमा प्रयोग गर्नुहोस् ।यौटा कमसल पुस्तकले तपाईँको मेहनत खेर जान पनि सक्छ, यसमा ध्यान दिनुहोला । पुस्तकमै 'अन्डरलाइन' गर्ने, नोट बनाउने, लेखेर पढ्ने वा नोटबाट पढ्ने आफूलाई कसरी धेरै कुरा सम्झिन सजिलो हुन्छ त्यही विधि प्रयोग गर्नुहोस् । एक पटक पढेको कुरा पुनः कति समयमा दोहोर्‍याउनु पर्ने हो पहिल्यै तय गर्नुहोस् ।

४. तयारीकाे चरणा 

प्रथम चरणमा 'सिलेबस' लाई स्पष्ट बुझ्ने गरी सकाउनुहोस् । त्यसपछि त्यस तहमा विगतमा सोधिएका प्रश्नहरूको समाधान गर्नुहोस्, जसले तपाईँलाई प्रश्नको प्रकार, परीक्षामा समय व्यवस्थापन, प्रश्न सोध्ने 'ट्रेन्ड' आदि वारे अवगत गराउँछ । एैन, नीति नियम, तथ्याङ्कहरूलाई परिवर्तन हुने र नहुने भागमा विभाजन गर्नुहोस् । परिवर्तन नहुने विषयलाई सुरूपै पूर्ण रूपमा याद गरिहाल्नोस् र अन्यलाई समय क्रमसँगै अद्यावधिक गर्दै जानुहोस् । नजिकका विषयहरूलाई तुलनात्मक अध्ययन गर्नुहोस् ।

५‍. उत्तर निश्चित र सीमित ढाँचा चराणा 

पर्याप्त पुस्तक, नोट, इन्टरनेट आदिले गर्दा यता उताबाट बटुल्दा बटुल्दै उत्तर लामो हुने सम्भावना हुन्छ । परीक्षामा कुनै उत्तर लामो हुँदा अन्य उत्तरलाई अन्याय हुन जान्छ । समान अंकभारमा कुनै एकदम लामो र कुनै अनावश्यक छोटो हुनुले कमजोरी दर्साउँछ । तर यो परिक्षाहलको गल्ती नभएर तयारी गर्दाको गल्ती हो भन्ने कमैले महसुस गर्दछन् । थोरै शब्दमा धेरै विषयवस्तु झल्किने किसिमको उत्तरहरू प्रभावकारी हुन्छन् । उत्तर थोरै लेखेर भन्दा पनि उत्तरमा मागेको विषयवस्तु थोरै हुँदा असफल हुने सम्भावना बढ्छ ।अतः कुन किसिमको प्रश्नमा कति उत्तर लेख्ने पहिल्यै देखि आदत बसाउनुहोस् ।

६. सही साथी, सही समय र सही गुरु छनाेटकाे चरण 

एक्लै केही गर्न पनि रमाइलो हुँदैन पढ्न पनि । राम्रो पढ्ने, छलफल गर्ने, लक्ष्य मिल्ने किसिमको साथी वा सानो समूह तयार गर्नुहोस् र त्यसलाई भरपुर सदुपयोग गर्नुहोस् । समयलाई अधिकतम उपयोग गर्नुहोस् । बिहानको समय पढाइमा अझ उपयुक्त हुन्छ । पढ्छु भनेपछि ५ सेकेन्ड उल्टो गणना गरेर ५..४...३....२...१ पढ्न बसिहाल्नुहोस् । हैन भने फेसबुक, काम, अल्छीपना, थकान, बहाना आदिले तपाईँलाई टाढा लगिहाल्नेछ । अब गुरुको कुरामा अरू कसैले तपाईँलाई उत्कृष्ट बनाउन सक्दैन जति तपाईँ आफैले सक्नुहुन्छ । यसर्थ आफैलाई पढाइको लयमा हिँड्न सिकाउनुहोस् । यो तपाईँले नै गर्नुपर्नेछ ।

७.   संयम, गतिशील र आत्मविश्वासी चरण 

थोरै पढ्नासाथ धेरै गफ लाउने, आफूले जानेको कुरा भन्दै नभन्ने, एकदुईदिन पढेर छाड्ने, गाह्रो मानेर वा धेर सजिलो मानेर नपढ्ने, प्रयास गरेर पनि भएन भनेर निराश हुने आदि गल्तीहरू नगर्नुहोस् । परीक्षाका उम्मेदवारहरू अधिकांश औसत नै हुन्छन्, नआत्तीनोस । राम्रो बौद्धिक मान्छेको जहाँ पनि आवश्यकता हुन्छ । आफुमा निखारता ल्याउनुहोस् । निरन्तर लागिरहनुहोस्,  कुनै दिन जागिरले तपाईँलाई खोज्दै आउनेछ । यहाँहरू सम्पूर्ण लाई सफलताको शुभेच्छा छ !  शुभकामना !!