भरुवा बन्दुक र मृत कालिज सहित प्रदिप राई पक्राउ
बैशाख २९, २०७७

सोलुखुम्बु । सोलुखुम्बुस्थित  सोताङ गाउँपालिका-३ पोक्चमबाट भरुवा बन्दुक १ थान, मृगको मासु २ केजी र मृत कालिज सहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रदिप राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।   

सोही गाउँपालिकास्थित सोल्पा नागीयाङ सामुदायिक वनबाट शिकार गरी घरतर्फ फर्कने क्रममा राईलाई ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीसँगै रहेका सोही ठाउँ बस्ने २५ वर्षीय दिपक राई प्रहरीलाई देख्नासाथ फरार भएकोले प्रहरीले उनको खोजी गरिरहेको छ । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।