घाँटी रेटिएका अवस्थामा पुरूषको शव फेला

घाँटी रेटिएका अवस्थामा पुरूषको शव फेला

लोकसंवाद संवाददाता  |  अपराध  |  बैशाख ३०, २०७७

सिरहा । घाँटी रेटिएका अवस्थामा आज बिहान सिरहाको लहान नगरपालिका–१७ मा एक पुरूषको शव फेला परेको छ । स्थानीयवासी ४० वर्षीय मोहम्मद सरिफ मियाँको  घर नजिकै शव फेला परेको प्रहरीले जनाएको छ ।

मियाँको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिनुभयो ।  शवको प्रकृति हेर्दा गएराति नै मियाँको हत्या गरिएको हुनसक्ने उहाँले बताउनुभयो । हत्या कसले र किन गरेको विषयमा केही खुल्न सकेको छैन । घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोली आउन लागेको र  थप अनुन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।