कोरोना बेरोजगारीको पहिलो निशानीमा महिला : घरेलु कामदारदेखि यौन व्यवसायीसम्मको रोजीरोटी खोसिँदै
बैशाख ३०, २०७७

बिहान र दिउँसो २-४ घण्टाका लागि अर्काको घरमा गएर काम गर्ने घरेलु कामदार महिलाहरूको काम हिजोआज ठप्प हुन पुगेको छ । घर मालिकले कोरोना त्रासका कारण बाहिरका मानिस घर भित्र पस्न नदिने निर्णय गरेपछि दिनहुँ अर्काको घरमा गएर काम गर्ने यस्ता महिलाहरूको पेसा नै सङ्कटमा परिरहेको छ । धेरे घरधनीहरूले  पनि भए गरेका आयस्रोत सुक्दै जाँदा र भने ती आम्दानी हुन नसक्दा घरेलु महिला कामदारलाई निरन्तरता दिन नसक्ने अवस्था सृजना भएको छ । 

काठमाण्डाैँमा धेरै घर परिवारमा घरेलु महिला कामदारहरूले काम गर्दै आएका छन् । यी महिलाहरूले दिन भर ४ वटासम्म घरमा काम गरी भ्याउने गरेका छन् । साँझ र बिहान पनि काम गर्ने हो भने यी महिलाहरूले ६ वटा घरमा काम गर्न भ्याउँछन् । कसैका लुगा धुने, घर सफा गर्ने, भाँडा माझ्ने लगायतका कामहरू घरेलु कामदार महिलाहरूले गर्ने गरेको पाइन्छ । 

 यसरी काम गरे बापत काम हेरिकन एउटा घरबाट मात्र उनीहरूले ३ देखि ५ हजार रुपैंयासम्म लिने गर्छन् । भाँडा मात्र माझेको एउटा घरबाट ३ हजार लिँदा ४ वटा घरमा भाँडा माझेको १२ हजार रुपैंया हुने गर्छ । यदि लुगा धोएको ५ हजार रुपैंया हो भने ४ वटा घरमा लुगा धुँदा उसको कमाई २० हजार रुपैंया हुने गर्छ । एक अक्षर नपढेका महिलाले पनि गर्न सक्ने काम भएकाले यो आम्दानीलाई नराम्रो मान्न सकिँदैन । गाउँबाट सहर आएर कतिपय महिलाले यही कामबाटै गुजारा चलाउँदै आएका थिए । एक्कासि गरी आएको काममा रोक लाग्दा यस्ता घरेलु कामदार महिलाहरूलाई रुपैंयाको खाँचो त पर्दै गएको छ  घर मालिकलाई समेत कामको सम्पूर्ण जिम्मेवारी बहन गर्नु परिरहेको छ ।

धेरै महिलाहरू खाडी मुलुकमा रोजगारीका लागि गएका छन् । यी महिलाहरू पनि अब आफ्नै स्वदेशमा फर्कने छन् । फर्केर तुरुन्त के व्यवसाय गर्ने ? विदेशबाट फर्किएका महिलाहरूलाई पनि निकै समस्या पर्ने देखिन्छ । फर्किएका महिलाहरूले पनि काम गर्न नपाउँदा उनीहरू पनि बेरोजगारी नै बन्नेछन् ।

यी घरेलु कामदार महिलालाई तुरुन्तै काममा राख्न सकिने देखिँदैन । एक त कोरोनाको त्रास छदैंछ । अर्को आफूले काम गरिरहेको ठाउँबाटै धेरैको तलब रोकिएको अवस्था छ । सबैका आ–आफ्ना समस्या छन् । घर भाडामा लगाएर जीविकोपार्जन गर्नेहरूको भाडा प्राप्त भइरहेको छैन । यसै गरी प्राइभेट कार्यालयमा काम गर्नेहरूले तलब पाउन सकेका छैनन् । व्यापार गर्नेहरूको व्यापार व्यवसाय बन्द छ । यस्तो अवस्थामा घरमा काम गर्ने मानिस राखेर थप बोझ बहन गर्ने मनस्थितिमा घर मालिकहरू देखिदैंनन् । यस्तैगरि मानिसको आम्दानी नै नभएपछि क्रय शक्ति स्वतः आफै घट्ने गर्छ । व्यापार व्यवसाय गर्नेहरूका लागि अरू दुइवर्ष धैर्य नगरी पहिलेको जस्तै स्थिति अहिले बनी हाल्ला भनेर सोच्नु गलत हुन जान्छ । 

कोरोनाका कारण अमेरिकाले २ करोड अमेरिकी जनता बेरोजगार हुने बताइरहँदा अन्य देशमा समेत यसको प्रभाव पर्ने निश्चित छ । नेपालमा पनि बेरोजगारीको सङ्ख्या उल्लेख्य बढ्नेछ । कतिपयले भएको जागिर समेत गुमाउनु पर्नेछ । कतिपय नेपाली मिडियाले आफ्ना कर्मचारी हटाइसकेको समाचार आइसकेका छन् । निकै थोरै कर्मचारीबाट प्राइभेट कार्यालयहरूमा काम चलाइने देखिन्छ । जस्तो रिसेप्सन, वेटर लगतयताका पोस्टहरू छन् जून पोस्टको काम अन्य व्यक्तिबाट पनि चल्छ यस्ता ठाउँमा प्राइभेट कम्पनीले कर्मचारी राख्ने छैनन् । यसै गरी टेलिभिजनमा हो भने अर्काइभ, फलोरम्यान लगायतका पोस्टमा कर्मचारी नराखिने र खर्च कम गराउने अभियानमा व्यवसायीहरू देखिन्छन् । यस्तै गरी अन्य विधामा पनि चाहिने केही सीमित कर्मचारी मात्र राखेर काम गराइनेछ ।  यसले गर्दा बेरोजगारीको सङ्ख्या बढ्ने निश्चित छ ।

मानिसहरूसँग लगानी गर्ने रुपैंया हुने छैन । त्यसैले लगानी गरेर व्यवसाय गर्न पनि डर हुनेछ । बैङ्कबाट क्रृण लिन निकै गाह्रो पर्नेछ । क्रृण लिएर लगानी गर्न मानिसहरू डराउनेछन् । किनभने आम मानिसको क्रयशक्ती नबढीकन खर्च गर्न सक्ने स्थिति रहँदैन । त्यसैले व्यवसायीहरू नयाँ लगानी गर्न उत्साहित हुने छैनन् ।

यस्तै गरी हाम्रो देशमा यौन व्यवसायले वैधानिकता त पाएको छैन तर पनि धेरै महिलाहरू यो व्यवसाय संलग्न छन् । नचाहेर पनि आफ्नो पेट पाल्नका लागि यौन व्यवसायमा संलग्न हुने महिलाहरू धेरै छन् । नेपालको पर्यटकीय क्षेत्र र धेरै विदेशीहरू रहने ठाउँ ठमेल, यौन व्यवसायको मुख्य केन्द्रबिन्दु नै हो । मानिससँगको प्रत्यक्ष भेटघाट र संसर्गमा हुने यौन व्यवसायमा समेत यो कोरोनाले प्रत्यक्ष प्रभाव पार्नेछ र यस व्यवसायमा संलग्न हुने कतिपय महिलाहरूले यो व्यवसाय गर्न सक्ने अवस्था आउने छैन । यसले गर्दा यौन कर्मी महिलाहरू समेत बेरोजगारी बन्नेछन् ।

धेरै महिलाहरू खाडी मुलुकमा रोजगारीका लागि गएका छन् । यी महिलाहरू पनि अब आफ्नै स्वदेशमा फर्कने छन् । फर्केर तुरुन्त के व्यवसाय गर्ने ? विदेशबाट फर्किएका महिलाहरूलाई पनि निकै समस्या पर्ने देखिन्छ । फर्किएका महिलाहरूले पनि काम गर्न नपाउँदा उनीहरू पनि बेरोजगारी नै बन्नेछन् । 

यसै गरी कतिपय सरकारी विद्यालयले आफ्नै खर्चमा केही शिक्षकहरू थप गरी पढाउने व्यवस्था गरेका छन् । विद्यालयले आफै थप गरेका अस्थायी शिक्षकहरूको जागिर पनि धरापमा पर्ने देखिन्छ । अभिभावकले रुपैंया तिर्न नसकेपछि यसरी थप गरिएका शिक्षकहरूलाई कसरी पाल्नु ? त्यसैले अस्थायी शिक्षक जून विद्यालय आफैँले राखेको हो यस्ता शिक्षकहरू प्नि बेरोजगार बन्नेछन् । 

केन्द्रीय तथ्याङ्क विभागका अनुसार, नेपालमा बेरोजगारको सङ्ख्या ९ लाख ८ हजार रहेको छ । त्यस्ता पुरुषको सङ्ख्या ५ लाख ११ हजार र महिलाको सङ्ख्या ३ लाख ९७ हजार रहेको छ । यसै गरी विभागकै अनुसार, १५ वर्ष र त्यो भन्दा धेरै उमेर समूहका २ करोड ७ लाख ४४ हजार जनसङ्ख्या मध्ये ७० लाख ८६ हजार व्यक्ति रोजगारीका क्षेत्रमा छन् ।