कोरोना भाइरसः हालसम्म सङ्क्रमित ४३ लाख ४३ हजार मध्य १६ लाख ४ हजार निको भए, २ लाख ९२ हजारको मृत्यु

कोरोना भाइरसः हालसम्म सङ्क्रमित ४३ लाख ४३ हजार मध्य १६ लाख ४ हजार निको भए, २ लाख ९२ हजारको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३१, २०७७

जेनेभा । कोरोना भाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ४३ लाख ४३ हजार नाघेको छ ।  

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधवार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८५ हजार ३१२ जना नयाँ सङ्क्रमित भेटिएका थिए । अघिल्लो दिन पनि ७४ हजार २२८ जना नयाँ सङ्क्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३२० जनाको ज्यान गएको छ । 

प्राप्त समाचार अनुसार विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ९९ हजार अर्थात् करिब ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ ।  

युरोपेली मुलुकहरूमध्ये कोरोना भाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३२ हजार ६९२ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । 

संयुक्त राज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत् छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ६३० जनाको मृत्यु भएको छ जबकि अघिल्लो दिन यहाँ एक हजारको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल सङ्ख्या ८३ हजार ४२५ पुगेको छ ।

कोरोना भाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैँ सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १७२, स्पेनमा १७६ र फ्रान्समा ३४८ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरूमध्ये कोरोना भाइरसको इपिसेन्टरका रूपमा देखिएको ब्राजिलमा १२ हजार ४६१ जनाको मृत्यु भइसकेको छ ।   

कोरोना भाइरस महामारीका कारण   विश्वभर भएका  ४३ लाख ४३हजार २सय ५२ कूल सङ्क्रमित भएका छन् भने  १६ लाख ४ हजार ५ सय ६२ जना निको भई घर फर्केका छन् भने २ लाख ९२ हजार ९सय १४ जनाको मृत्यु भइसकेको छ ।

महादेशहरुकाे प्रदेश

क्र.सं. महादेश    कूल संक्रमित निको भएका  कूल मृत्यु
१. युरोप   १६,७६,२४३    ६,८७,२३२ १,५५,७८३
२. उत्तर अमेरिका १५,४६,७३६ ३,६९,४३८ ९३,५५४
३. एसिया   ७,०३,६०९   ३,९४,९१९  २२,८६५
४. दक्षिण अमेरिका ३,३६,३७८ १,१९,७३२ १८,१७१
५.  अफ्रिका ७०,९८४ २४,८२० २,४०७
६. ओसेनिया(अस्ट्रेलिया)    ८,५८१      ७,७७०   ११९

    दक्षिण एसियाली मुलुकहरु      

क्र.सं. देश    कूल संक्रमित निको भएका  कूल मृत्यु
१. भारत    ७४,४८० २४,४५३   २,४१५
२. पाकिस्तान ३४,३३६ ८,८१२   ७३७
३. बंगलादेश १६,६६० ३,१४७ २५०
४. अफगानिस्तान  ४,९६३    ६१० १२७
५.  श्रीलंका ८८९ ३६६
६.    माल्दिभ्स  ९०४ २९
७.  नेपाल   २१७ ३३  –
८. भुटान  ११  ५    –