निशान भट्टराईको श्वरमा मार्मिक राष्टियता बोकेको गीत  'संसार जीतेर गए नी ..'बजारमा(म्युजिक भिडियोसहित)

काठमाडाैँ । डिलाईटेड नेपालको प्रस्तुती गीतकार डीपी दाहाल 'परीश्रमी' को रचनामा रहेको गीत संसार जितेर गएनी माटोलाई भुल्दीनको म्युजिक भिडियो सार्बजनिक भएकोछ ।

डिलाईटेड नेपाल युटुब च्यानल मार्फत बजारमा ल्याईएको सो गीतमा लोकप्रीय गायक निशान भट्टराईको मार्मिक श्वर रहेकोछ । अनुभवी संगीतकार लक्ष्मण शेषले यस गीतमा संगीत दिनु भएकोछ । संगीत उतिकै मनछुने रहेको छ ।

गीतले देशको माटो र मातृभूमि नेपालको बारे मर्म पोखेको छ । कालापानी, लिपुलेक देखी जातीय छुवाछुत बिरुद्घमा गीत निकै ससक्त बनेको छ ।

यो गीत बास्तबमै जति धेरै सुन्यो त्यति कर्णप्रिय बनेको देखिन्छ । गीतकार परीश्रमीका अनुसार आफ्नो मातृभुमिलाई कोरोना कहरले बढि सम्झाएको र देशको माटो कहिल्यै भूल्नु हुदैन भन्ने कुरा गीतले बोलेको छ । 

सबैले यस गीतलाई सुनेर सल्लाह सुझाव उपलब्ध गराई दिन गीतकारले सबैलार्य अनुरोध पनि गरेका छन् ।

'संसार जीतेर गए नी ..' यहाँ हेर्न सकिन्छ