जलसागर पोखरीबाट सशस्त्र प्रहरीले नलकटुवा पेस्तोल बरामद

जलेश्वर । महोत्तरीको जलेश्वर–मटिहानी सडकखण्डमा पर्ने जलसागर पोखरीबाट सशस्त्र प्रहरीले नलकटुवा पेस्तोल बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेड क्वाटर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीका अनुसार बुधबार प्राप्त गोप्य सूचनाका आधारमा मटिहानी नगरपालिका–९ अवस्थित जलसागर पोखरीबाट एक थान नलकटुवा पेस्तोल बरामद गरिएको हो ।

होम मेड तथा चालु अवस्थामा रहेको सो नलकटुवा पेस्तोल पानीमुनि रहेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ तर त्यसमा कुनै गोली नरहेको जनाइएको छ । प्राप्त नलकटुवा पेस्तोल सशस्त्र प्रहरीले आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।