डिश होमकाे सिनेमा घर ८८८ मा चलचित्र 'मारुनी' प्रदर्शन सुरु

डिश होमकाे सिनेमा घर ८८८ मा चलचित्र 'मारुनी' प्रदर्शन सुरु

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  जेठ १, २०७७

काठमाडाैँ । काेरोना भइरसबाट सर्बसाधरणलाई सरकारले लकडाउनकाे  नीति लिइरहेकाे छ ।

देशमा लकडाउन भएर  सिनेमा हलहरु बन्द भई घरैमा बसीरहेका दर्शकहरुकाे मागलाई ध्यानमा राखेर टेलिभिजन सेवा प्रदायक संस्था डिश होमले आफ्नो च्यानल ८८८ मा सिनेमाघर भनेर विभिन्न चलचित्रहरु प्रशारण गर्दै आइरहेकाे  छ  ।

डिसहाेमले  दिएकाे जानकारी अनुसार २०७७ जेठ १ गते बिहिबारबाट  चलचित्र 'मारुनी', डिश होमकाे सिनेमाघर ८८८ मा प्रदर्शन भैरहेको छ।

उक्त चलचित्रमा कलाकारहरु साम्राज्ञी आरएल शाह, पुष्प खड्का, रेबिका गुरुङ्ग आदिकाे अभिनय रहेको छ ।