थापाको आत्मकथा सार्वजनिक

थापाको आत्मकथा सार्वजनिक

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन २६, २०७५

काठमाडौ । अवकाश प्राप्त ब्रिटिस गोर्खा सेना तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एसपी सङ्गीतविज्ञ हस्तबहादुर थापा ९पल्लीमगर०को आत्मकथा ‘मेरो जीवनयात्रा’ लोकार्पण गरिएको छ । शनिबार राजधानीस्थित होटल र्‍याडिसनमा पूर्व प्रहरी महानिरीक्षक, राजदूत एवम् सांसद खड्गजीत बरालले पुस्तक लोकार्पण गरका हुन्।

कार्यक्रमका प्रमुख अतिथि बरालले लेखक थापा नेपाल प्रहरी ब्यान्डको निर्माता भएको उल्लेख गर्दै उनकै अगुवाईमा प्रहरी ब्यान्ड एउटा नमूना ब्यान्ड बन्न सफल भएको बताए । ब्रिटिस गोर्खा सेनाको ब्यान्डमा कार्यरत थापालाई प्रशिक्षकका रूपमा नेपाल प्रहरीमा ल्याएर कुशल ब्यान्ड स्थापनाको भूमिका खेलेका तत्कालीन प्रहरी महानिरीक्षक बरालले असल प्रहरी तयार पार्नमा ब्यान्डको महत्वपूर्ण भूमिका रहने दाबी   गरे । 

कार्यक्रममा अर्का पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंह, दोस्रो विश्वयुद्ध लडेका पूर्व मेजर त्रिलोकसिंह थापा क्षेत्री र कवि राजेन्द्र शलभले लेखक थापा र लेखककी बुहारी लाराले लेखक थापाका समग्र योगदानका बारेमा प्रशका पारेका थिए ।   

स्याङ्जाको एउटा विकट र पिछडिएको गाउँमा जन्मे–हुर्केका र अठ्ठाइस वर्ष बेलायती सेनाको ब्रिटिस गोर्खा ब्यान्डमा कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेका हस्तबहादुर थापा ९पल्लीमगर० वि।सं। २०३४ सालमा नेपाल प्रहरीमा सङ्गीत प्रशिक्षकका रूपमा प्रवेश गरेका थिए ।  त्यसको बीस वर्षपछि प्रहरी उपरीक्षकबाट अवकाश लिएका उनी लगत्तै सशस्त्र प्रहरी बलमा सङ्गीत प्रशिक्षककै रूपमा आवद्ध भए । उनकै नेतृत्वमा सशस्त्र प्रहरी बलमा सङ्गीत ब्यान्डको स्थापना भयो । 

आफ्नो जीवनको अधिकांश समय ब्रिटिस गोर्खा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा सेवा गरेर, दर्जनजति देश घुमेर, थुप्रै मान–सम्मान र पुरस्कार प्राप्त गरी हाल अवकाशप्राप्त जीवन बिताइरहेका थापाले आफूले घुमेका, देखेका अनि भोगेका समय र घटनालाई समेटेर आत्मकथात्मक कृति ‘मेरो जीवनयात्रा’ प्रकाशनमा ल्याएका हुन् ।

यसअघि ‘प्राथमिक सुरसमता मार्ग (भाग–३ सम्म)’, ‘आधारभूत स्टाफ नेटेशन तथा नेपाली पर्व, संस्कार र सांस्कृतकि धुनहरू’, ‘सरल सङ्गीत ज्ञानमाला र परम्परागत बिगुल धुनहरू’ प्रकाशित गरिसकेका छन् । पुस्तक रत्न पुस्तक भण्डारले छापेको हो ।