क्वारेन्टिनमा बस्नेकाे क्रम बढ्दै

क्वारेन्टिनमा बस्नेकाे क्रम बढ्दै

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ ४, २०७७

तनहुँ । जिल्लामा क्वारेन्टिनमा बस्ने बढ्दै जान थालेका छन् । वैशाखको अन्तिम सातामा न्यून हुँदै गएकामा पुन: थपिने क्रम बढ्न थालेको छ ।  वैशाख २८ गतेसम्म ३८ जना क्वारेन्टिनमा रहेकामध्ये ३१ जना घर फिर्ता भई सात जना मात्रै क्वारेन्टिनमा बस्दै आएका थिए ।

गत बिहीबार र शनिबार तीनतीन जना थपिएपछि क्वारेन्टिनमा बस्नेको संख्या एक महिलासहित १३   पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । 

जिल्लामा हालसम्म शङ्कास्पद ८६२ मध्ये ५७० पुरुष र ८२ महिला गरी ६५२ को आरडिटी गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।  त्यसैगरी २४ पुरुष र १५ महिला गरी ३९ को स्वाब सङ्कलन गरी परीक्षण गर्दा ३४ जनाको रिपोर्ट नेगेटिभ आएको र पाँचको  आउन बाँकी रहेको प्रमुख अधिकारीले बताउनुभयो । 

जिल्लाका क्वारेन्टिन व्यास,  घिरिङ र देवघाट गाउँपालिकामा तीनतीन तथा भानुनगरपालिका र आँबुखैरेनी गाउँपालिकामा दुईदुई  गरी तेह्र जना  छन् । जिल्लाका विभिन्न हेल्थ डेस्कबाट ४९३ महिलासहित एक हजार ९०७ जनाको तापक्रम मापन गरिसकिएको बताइएको छ ।