देशभर तापक्रम वढ्यो उपत्यकाकाे तापक्रम ३०.७  डिग्री सेल्सियस

देशभर तापक्रम वढ्यो उपत्यकाकाे तापक्रम ३०.७  डिग्री सेल्सियस

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ४, २०७७

काठमाडाै‌ । पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै देशभर मौसम सफा भइ घाम लागेकाले काठमाडौँ उपत्यकासहित देशभर तापक्रम वृद्धि भएको छ । 

मौसमविद् राजु प्रधानाङ्गका अनुसार शनिबार उपत्यकाको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री र आज ३० दशमलव सात डिग्री सेल्सियस रहेको छ । 'अबको केही दिन तापक्रम निरन्तर वृद्धि भइरहने भइरहने छ', उहाँले भन्नुभयो । कुनै मौसमी प्रणाली विकसित भएपछि मात्र तापक्रम घट्ने र तत्काल वर्षा हुने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
     
 महाशाखाका अनुसार देशको पूर्वी भूभागमा आंशिक बदली  र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । दिउँसो देशको पूर्वी भूभागमा सामान्य बदली र मध्य तथा पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ । मंगलबार देशको पूर्वी भूभागमा र मध्य तथा पश्चिमी पहाडी भूभागमा मध्याह्नपछि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ । 

 महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ३९ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै दिपालको ३६ दशमलव पाँच, धनगढीको ३७ दशमलव पाँच, वीरेन्द्रनगरको ३४ दशमलव पाँच, दाङको ३४ दशमलव सात, पोखराको ३१ दशमलव शून्य, सिमराको ३६ दशमलव पाँच र धनकुटाको २५ दशमलव छ डिग्री सेल्सियस अधिकतम तापक्रम रहेको छ ।