उपकरण अभावका कारण स्वाब सङकलन बन्द

उपकरण अभावका कारण स्वाब सङकलन बन्द

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ ४, २०७७

उदयपुर । कोभिड–१९ को परीक्षण गर्न स्वाब सङ्कलनका लागि आवश्यक  भिटिएम उपकरण तथा सामग्री अभाव भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयले सामग्रीको अभाव हुँदा स्वाब सङ्कलन बन्द भएको जनाएको छ । कार्यलयका प्रमुख मोहन सुवेदीले  आवश्यक सामग्रीका लागि प्रदेश र स्थानीय सरकारलाई समेत जानकारी गराएको जनाकारी दिनुभयो ।