कोरोना भाइरसको उपचारः व्यक्तिगत वा सामूहिक हिलिङबाट सम्भव (निको भएका चार सङ्क्रमितको विवरणसहित)

कोरोना भाइरसको उपचारः  व्यक्तिगत वा सामूहिक  हिलिङबाट सम्भव  (निको भएका चार  सङ्क्रमितको विवरणसहित)

रेवतिरमण अधिकारी  |  दृष्टिकोण  |  जेठ ५, २०७७


ॐ श्री त्रिकुटा गुरुधाम नेपालबाट कोरोना   भाइरस  ( कोभिड–१९) लागेका विरामीको उपचार सम्भव  भएको छ ।

ॐ श्री त्रिकुटा गुरुधाम नेपाल एक आध्यात्मिक संस्था हो । यसले मानव जातीलाई आध्यात्मिक ज्ञान दिनुका साथै समाज र राष्ट्रलाई सम्भावित नकारात्मकताबाट जोगाउन विभिन्न अभियानहरु चलाउँदै आएको  छ । विशेष गरी अहिले मान्छेले सहि ज्ञान नपाउनाले मानवियता हराउँदै गएको छ । कुनै पनि बिषयको पूर्ण ज्ञान नहुनाले चरित्र विग्रदै गएको छ । मान्छेभित्र मानवता हराउँदै गएको छ । अज्ञानता, अशिक्षाका कारण मान्छेहरुबाटै समाजमा हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु दिनप्रति दिन घटिरहेका छन् । मान्छे अहिले कितावी ज्ञानमा सीमित छ, त्यो पनि पेशा चलाउन या जीवन धान्ने सम्मका लागि मात्र । समाज, राष्ट्र र मानवताका लागि आफ्ना कर्महरु मान्छेले विर्सदैँ गएको छ, भुल्न थालेको अवस्था छ ।

सबैमा समभावको विकास गराउन र एक अर्कालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन, मान्छे मात्र होइन यस धरतीमा जन्म लिएका सबै प्राणी, जीवहरुको बाँच्न पाउने अधिकार हुँदाहुँदै पनि हामी अरुलाई त परै छोडौँ धन सम्पत्ति, यश आराम र आफ्नो खुशीका लागि कहिलेकाहीँ हामी आफ्नै दाजुभाइ नाता गोता पनि बिर्सिन्छौँ । यी सबै बिषयलाई ध्यानमा राखेर गुरुदेवले मान्छेको जीवनमा आधारभूत रुपमा परिवर्तन गर्न चाल चरित्र चिन्तनमा आधारित स्वज्ञान शिक्षाको सुरुवात गर्नुभएको छ । यसले दैनक जीवनमा अपनाउनु पर्ने खानपान, बसउठ लगायतमा सुक्ष्म ज्ञान दिँदै स्वयम्को पहिचान गराउँदै जीवनलाई परिवर्तन गराउने सूत्रहरु सिकाइन्छ । यो ग्रन्थको ज्ञान भन्दा नितान्त फरक व्यवहारिक ज्ञान हो जसबाट स्वको बोध समेत गराइन्न्छ । यसले धेरै भन्दा धेरैकोजीवनमा परिवर्तन ल्याएको छ । अहिलेकोरोना कोरोना भाइरसले विश्वमा आतंक मच्चाइरहेको छ । लाखौं मानव जीवनको क्षति भैसकेको छ । अहिले यो आलेख तयार गर्दासम्म करिब ३ लाख भन्दा बढी मानिसहरुको यही भाइरसको संक्रमणका कारण मृत्यु भैसकेको छ भने ४३ लाख भन्दा बढीलाई संक्रमणले गाँजिरहेको अवस्था छ । अहिलेसम्म न त यसको औषधी बनिसकेको छ, न भ्याक्सिन नै । विश्व स्वास्थ्य संगठनका महामारी विशेषज्ञले त यो भाइरसको भ्याक्सिन नै बनिहाले पनि तीन बर्ष लाग्छ । त्यो पनि सबैलाई एक समान ढंगले वितरण गर्न सकिन्न भनेर आफ्नो भनाई सार्वजनिक गरिसकेका छन् ।

बरु मेडिकल साइन्ससँगै सहकार्य गरेर भौतिक रुपमा अपनाउनु पर्ने सावधानीहरु अपनाउँदैव्यापक रुपमा एकैपटक एकैसाथ हिलिङ गर्ने विधि Mass Healing  को माध्ययमबाट यो कोरोनाको संक्रमणबाट कम्तीमा हाम्रो देशलाई मुक्त गरौँ । त्यसपछि क्रमशः विश्व जगतलाई समेत बचाउन सकिन्छ । त्यो पनि गरौला । हुनत हाम्रो हिलिङबाट देशभित्रका साथै देश बाहिरका संक्रमित बिरामीहरु समेत लाभान्वित भैसक्नु भएको छ ।

यस्तो बिषम परिवेशमा नेपाल जस्तो मुलुक अहिले राजनीतिक रुपमा पनि हामी एकआपसमा लडिरहेका, हामीभित्र मतमतान्तर रहेको बुझेर कमजोर भएको मौका छोपी छिमेकीबाट समेत सीमा विवाद गिजोलिरहेको अवस्थामा हाम्रो देशमा कोरोना भाइरसको थप संक्रमण बढिरहेको छ । यो भाइरसको उपचार मेडिकल साइन्सबाट मात्र सम्भव छैन यसको आध्यात्मिक उपचार आवश्यक र सम्भव छ ।  परम गुरुदेवले त पटक पटक मिडिया मार्फत् सार्वजनिक नै गरिसक्नु भएको छ । धेरैले पौराणिक ग्रन्थका श्लोकहरु तथा मन्त्रहरुको सम्प्रेषण पनि गरिरहेका छन् । कसैले साँझमा दीप  प्रज्वलन पनि गरिरहेका छन् । यो पनि राम्रो पक्ष हो, सकारात्मक पाटो हो । यसले बिग्रिएको वातावरणलाई सकारात्मक ऊर्जा प्रदान गर्न थप सहयोगी हुन्छ तर यो ब्रह्माण्डमा भएको दिव्य ऊर्जाको प्रयोगबाट भाइरसले खाएको शरीरको भित्री रुपस्वरुपमा ऊर्जा भरेर गरिने उपचार पद्दतीको माध्यमबाट नेपालका मात्र होइन विश्वका धेरै ठाउँबाट बिरामीहरु निको भएर घर फर्किसकेको अवस्थामा यो प्रयोग हाम्रो आफ्नै देशभित्र किन नगर्ने भनेर प्रश्न उब्जिएको छ । फेरि हामी एक्लैले सबै गरिहाल्छौँ भनेर घमण्ड वा 'ओभर कन्फिडेन्स 'प्रदर्शन गर्न खोजेको पनि होइन । बरु मेडिकल साइन्ससँगै सहकार्य गरेर भौतिक रुपमा अपनाउनु पर्ने सावधानीहरु अपनाउँदैव्यापक रुपमा एकैपटक एकैसाथ हिलिङ गर्ने विधि Mass Healing  को माध्ययमबाट यो कोरोनाको संक्रमणबाट कम्तीमा हाम्रो देशलाई मुक्त गरौँ । त्यसपछि क्रमशः विश्व जगतलाई समेत बचाउन सकिन्छ । त्यो पनि गरौला । हुनत हाम्रो हिलिङबाट देशभित्रका साथै देश बाहिरका संक्रमित बिरामीहरु समेत लाभान्वित भैसक्नु भएको छ । हामीसँग सम्पर्कमा आएर उपचार पाएका केही बिरामीहरुका बारेमा म यहाँ संक्षिप्तमा बताउँदै छु ।

१. बागमणाी राई थुलुङ, युके 

नेपालको मुल्की ओखलढुंगा स्थायी घर भई हाल बेलायत बस्ने ५२ बर्षका वागमणी थुलुङ राई गत २०७६ चैत्र २८ गतेदेखि बेलायतमै रहँदा कोरोना भाइरसले संक्रमित गरेको पुष्टी भयो । उहाँ भेन्टिलेटरमा राखिएको तीन दिनपछि मात्र हामीसँग सम्पर्कमा आउनु भएको थियो । शुरुमा स्थिति निकै नाजुक थियो । त्यहाँका डाक्टरहरुले उहाँलाई राम्रोसँग केयर गर्नु भयो । डाक्टरको राम्रो उपचार, परिवारको साथ सहयोग र छिटो निको हुने आरामको लागि चिन्ता प्रार्थना आदि त छदैँ थिए । त्यसमा परम गुरुदेवको दिव्य आशीर्वाद सहित हिलिङ सुरु गरियो । यो हाम्रो अभियान अर्थात् उपचार पद्दतीमा करिब १०० जना हाम्रा साधकहरु संलग्न हुन्छन्। गुरुदेवले तोकेको समयमा ध्यान, साधना पनि हुन्छ । तर पनि बिशेष गरी बिहान १ घण्टा र बेलुका १ घण्टा चाहीँ गुरुदेवले उपचारको लागि छुट्याउनु भएको छ । त्यो समयमा हाम्रा टिमका सबैजना उपचार गर्न जान्ने उपचारमा संलग्न हुन्छन् भने उपचारको विधि (Process) मा पर्फेक्ट भइ नसकेकाहरु मन्त्र जप र प्रार्थनाको माध्ययमबाट उक्त अभियानलाई सघाउने गर्दछन्। उपचार चल्दै गयो । मेडिकल रिपोर्ट समेतलाई मध्यनजर राख्दै हिलिङ भयो । संक्रमणले छोड्दै जाँदा फोक्सोमा रगत देखा पर्यो अनि मेडिकल ट्रिटमेन्टबाट यसलाई सुकाउने काम गरियो । बिरामीका आफन्तको निरन्तर अपडेट र सम्पर्कका माध्यमबाट जहाँ जस्तो समस्या देखा पर्दछ सोही अनुसार हाम्रो हिलिङ टिमले पनि गुरुदेवलाई निरन्तर मन्त्र जप र प्रार्थना गरेर साथ दिँदै रह्यो । विभिन्न चरणहरु पार गर्दै बिरामीमा क्रमशः सुधार हुँदै गयो । एक हप्ता अगाडि सामान्य तर वेडमा सारियो र बोल्न सक्ने अवस्था नहुन्जेल बिशेष निगरानीमा राखियो । यसै क्रममा मिति २०७६ जेठ ३ गते शनिबार बिहान अर्थात् बेलायतको समय अनुसार शुक्रबार राती उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । उहाँलाई उपचारको लागि हामीसम्म सम्पर्क गराउने बेलायत निवासी उहाँको भाइ मुलविर राई र उहाँकी श्रीमति उषा राई हुनुहुन्थ्यो । शुरुमा सम्पर्कमा आउने बेलामा बिरामीको
अवस्था कस्तो थियो अहिले कस्तो छ ? करिब ३५/ ३६ दिन पश्चात्उहाँ अहिले घर फर्किनु भएको छ  । उहाँ सम्पर्कमा आउँदा आफन्तहरुको भनाई अनुसार ३/४ दिन भैसकेको थियो भेन्टिेलेटरमा राखेको । र पछिल्लो चरणमा पनि करिब एक हप्ता अगाडि मात्र नर्मल बेडमा त्यो पनि २४ घण्टे निगरानीमा राखिएको थियो । डाक्टरको उपचारले मात्र यो सम्भव भयो होला ? अथवा यसका लागि को को के कसरी संलग्न भएको भनेर उहाँहरुसँग भाइभर वा ह्वाट्एपमा कुरा गर्न सकिन्छ ।

सम्पर्कका लागि मुलविर राई +4475986029

२.  कर्ण गुरुङ यूएसए 

भुटानमा जन्मिएका ३४ बर्षका कर्ण गुरुङ्ग हाल अमेरिकाको नेब्रास्कामा बस्नु हुन्छ । उहाँ सपरिवार त्यहाँ बस्नु हुन्छ । भाइरसको संक्रमण भएपछि भेन्टिलेटरमा राखिएको अवस्थामा नै गत २०७७ बैशाख ९ गतेदेखि उहाँ पनि भाइ भीम गुरुङ्ग मार्फत हामीसँग सम्पर्कमा आउनु भएको थियो । त्रिकुटा गुरुधामको फेसबुक पेज मार्फत् उहाँको भाइले सम्पर्क गर्नु भएको थियो । उहाँ पनि अहिले निकै आराम भैसक्नु भएको छ । उहाँको भाइ भीम गुरुङ्गका अनुसार उहाँलाई अहिले घाँटीको वाइपास सर्जरी गरी श्वास प्रश्वासलाई सहजीकरण गरिएको छ । अहिले फोक्सो, घाँटी र मुखमा केही समस्या देखिएको छ भने त्यो पनि क्रमशः सुधार हुँदै गइरहेको छ । डाक्टरहरुका अनुसार शरीर निकै कमजोर छ त्यसैले अहिले नै थेरापी गराउन सकिन्न तर पछि हलुका शारीरिक व्यायाम थेरापी गराउने सल्लाह दिएका छन्।  सम्पर्कका लागि भीम गुरुङ +14023121435

३.लाेकबहादुर तामाङ, दुबई

नेपालको गछिया मोरङ्गमा जन्मिएका ४० बर्षिया लोकबहादुर तामाङ्ग कामको सिलसिलामा हाल दुवइमा बस्नु हुन्छ । उहाँलाई भाइरसको संक्रमण देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा अलग्गै राखिएको अवस्थामा गत २०७७ बैशाख २ गतेदेखि उहाँको आफन्त दाइ सुवास थुलुङ्ग मार्फत हामीसँग सम्पर्कमा ल्याइएको थियो । हामीसँग सम्पर्क रहेकै अवस्थामा उहाँको घाँटीमा केही समस्या देखियो । विस्तारै उपचार र हिलिङ्ग हुँदै गरेको अवस्थामा उहाँको गत बैशाख १७ गते बुधबार कोरोना भाइरस परीक्षण नेगेटिभ देखिएपछि उहाँलाई अस्पतालबाट घर पठाइएको छ । सम्पर्कका लागि मार्फत् सुवास थुलुङ्ग राई फोन नं. ९८४००६६५६२ 

४.  Rache Ann Vilcheck युएसए 

Pennsylvenia, USA  मा बसोवास गर्ने ३५ बर्षीया Rache Ann Vilcheck अमेरिकाको सोही स्टेटको एक अस्पतालमा रजिस्टर्ड नर्सको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ सपरिवार त्यहाँ बस्नु हुन्छ । उहाँका साथमा तीन छोरीहरु, एक छोरा र एउटा कुकुर छ सँगै घरमा । भाइरसको संक्रमण शंका लागेपछि उहाँ आफैले कोभिड टेष्ट गराउनु भयो र पोजेटिभ देखिएपछि उहाँ आफै विदा लिई घरमा आइसोलेसनमा बसेको अवस्थामा गत बैशाख १९ गते नेपालगञ्जको एक निजी अस्पतालका डाक्टर  रितेश कनोडिया मार्फत् हामीसम्म सम्पर्कमा आउनु भयो । हाल उहाँको उपचार हिलिङ्ग भैरहेको छ । सम्पर्कमा आउँदा उहाँको शरीर एकदमै फत्रक्कै गलेको महसुस हुने, अध्यधिक ज्वरो आएको, घाँटी दुखेको र रुघाखोकी लागेको अवस्था थियो भने हाल उहाँका ती सबै समस्या समाधान भैसकेका छन्।

सम्पर्कका लागि  Dr. Ritesh Kanodia, 9851040834 Or Ritesh Kanodia Facebook page

अन्तमा, 
ॐ श्री त्रिकुटा गुरुधाम नेपालको स्थापना २०७१ सालको फागुनमा संस्थाको प्रारुप शुरु गरिए पनि २०७२ जेठको २० गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ यसले औपचारिकता पाएको हो । औपचारिक रुपमा संस्था दर्ता गरी समाज कल्याण परिषद्मा समेत आवद्धता लिइएको छ । यो संस्था विशुद्ध ध्यान साधना र उपचारसँग सम्बन्धित एक आध्यात्मिक संस्था हो । यसले शिक्षादिक्षा, उपचार र ध्यानसाधनासँग सम्बन्धित अध्यात्म तीन क्षेत्रमा काम गरिरहेको छ । बुद्धको देश बुद्धको अभियान, एक कदम सत्य युगतिर जस्ता मोक्षको मार्ग खोल्ने अति गुप्त रहस्यले भरिएका शिक्षादिक्षाहरु पनि परम गुरुको माध्यमबाट दिने योजनामा छौँ । भुकम्पको बेला केही सामाजिक कार्यहरु गरेका Ultimate divine Healing    को माध्यमबाट उपचार गरिएको हाम्रा व्यक्तिगत फेसबुक र संस्थाको वेभसाइट, युट्युव च्यानलहरुमा हेर्न र देख्न सकिन्छ ।

व्यक्तिगत रुपमा समेत हिलिङ गर्न सकिन्छ भने ग्रुपमा समेत Mass Healing  को माध्यमबाट यो कोरोना भाइरसको उपचार गर्न सकिन्छ । व्यक्तिगत रुपमा गुरुबाट विकास गरिएको सल, अमृत जल, विभूति जस्ता साधनहरुको प्रयोग त्यतिकै लाभदायक छन्। कम्तीमा मेडिकल साइन्ससँग समन्वय गरेर कम्तीमा २४ घण्टाको अवधिमा याे हिलिङको विधिबाट उपचार गरेर मेडिकल रिपोर्ट हेरेर यसलाई थप पुष्ट्याई गर्न सकिन्छ । गुरुदेवले त्यो अवसर उपलब्ध गरिदिन र यो विषम परिस्थितिबाट मानव जाती र मातृभूमि नेपाललाई बचाउनका लागि नेपाल सरकार र नेपाल सरकार सम्बद्ध निकायहरु, स्वास्थ्यसँग सम्बन्धित निकायहरु एवं सम्बद्ध सबै सामाजिक, आध्यात्मिक संस्थासँग अपिल गर्नुभएको व्यहोरा समेत गुरुआदेश अनुसार विनम्र अनुरोध गर्दछौँ ।

rewatiraman44@gmail.com, trikutagurudham@gmail.com ९८४१२७१३४१, ९८०८९४५४६