बूढानीलकण्ठ नगरपालिकाले निःशुल्क खानाको सट्टा रोजगारी

बूढानीलकण्ठ नगरपालिकाले निःशुल्क खानाको सट्टा रोजगारी

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ ५, २०७७

 काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले निःशुल्क खानाको सट्टा रोजगारी दिनेभएको छ । लकडाउनपछि नगरपालिकाले वडा नं ६ ले छहारी भवनमा तथा वडा १० ले निःशुल्क खाना  वितरण गर्दै आएको थियो । 

नगरपालिकाले सञ्चालन गरेको मेसबाट दैनिक चार हजारभन्दा बढी मानिस लाभान्वित हुँदै आएका थिए । यस्तो कार्यक्रमले कोरोना भाइरसको जोखिम बढाउन सक्ने भन्दै नगरपालिकाले निःशुल्क भोजन वितरण कार्यक्रम बन्द गरिएको छ । कार्यक्रम बन्दभए सँगै उनीहरु समस्यामा परेका छन् । कोरोनाको सम्भावित सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन शुरु गरेदेखि नगरपालिकाले विपन्नका लागि राहत उपलब्ध गराउँदै आएको थियो । 

खाना कार्यक्रमका अतिरिक्त चार हजार ७२५ मजदुर तथा विपन्न परिवारलाई राहत बाडेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले विपन्न तथा मजदुरका लागि खाना तथा राहतभन्दा पनि रोजगारी दिने तयारी गरेको नगरप्रमुख खरेलले बताउनुभयो ।