प्रदेश ५ सरकारको नीति कार्यक्रम जेठ १० मा  प्रस्तुत हुने

प्रदेश ५ सरकारको नीति कार्यक्रम जेठ १० मा  प्रस्तुत हुने

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ८, २०७७

रुपन्देही ।   प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७७ । ०७८ को नीति कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ ।

 मन्त्रिपरिषद् आज बसेको बैठकले नीति कार्यक्रम यही जेठ १० गते प्रदेशसभामा प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो ।  बैठकले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा दीपावली गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभएकाे छ। 

बैठकले तराईका जिल्लामा दुई सय  र पहाडी जिल्लामा ५० शय्याको आइसोलेशन केन्द्र बनाउने, केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका बिरामीलाई राख्ने र केन्द्र बनाउन कोभिड कोषबाट रकम दिने निर्णय  पनि गरेको छ ।    प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकामा उहाँले पाउनुपर्ने बीमावापतको  १० लाख  प्रदान गर्ने निर्णयसमेत गरिएको छ ।