क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउने पक्राउ

क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउने पक्राउ

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ ९, २०७७

भरतपुर । कोरोना जोखिमका कारण बाहिरी जिल्लाबाट आएका र विदेशबाट आएकालाई जिल्लामा स्थानीय तहले क्वारेन्टिन निर्माण गरी राख्ने व्यवस्था गरेका छ । क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउने क्रममा राप्ती नगरपालिकाका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलिया रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिनुभयो । उहाँका अनुसार थपलियाले बुद्धशान्ति माविमा रहेको क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउन जाँदा इलाका प्रहरी कार्यालय भण्डाराले बुधबार साँझ नियन्त्रणमा लिएको हो । 

घरेलु मदिरासहित नियन्त्रणमा लिइएका थपलियालाई प्रहरीले बिहीबार जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । उनको बयानको काम नसकिएकाले उनलाई प्रहरीको हिरासतमा राखिएको छ । क्वारेन्टिनमा बस्दा मदिरा सेवन गर्न नपाइने उहाँको भनाइ छ ।