सीताराम नेपाल | साहित्य | जेठ १०, २०७७
ठूला हाँसेरे
ऊ हाँस्यो मरी मरी
अरौटे जो हो ।
हुन्न रे हुन्न
उही ड्यांका मूलाले
रोपाइ हुन्न ।
हिमाल हास्दा
पहाड तराईमा
झल्को आउने ।
म हुँ विकास
हिडेको सम्याउदै
भीर पखेरा ।
लगा ए नारा
मेरो जय पुकार
नत्र पाखैमा ।
छैन गरिबी
न त गरिब कोही
सत्ताचश्मामा ।
काम गर्ने म
कमाइ खाने साहू
अब चल्दैन ।
बुइ चढ्यो ऊ
काममा व्यस्त मेरो
आदेश थप्यो ।
उब्जनी छैन
युवा पाखुरी छैन
उजाड गाउँ ।
यो महायुद्ध
हामीले हार्नू हुन्न
वीर नेपाली ।