सिमाना

सिमाना

प्रधुम्न पौडेल  |  साहित्य  |  जेठ १०, २०७७

पल्लाघरे ठुल्दाई,
सिमानामा लफडा गरिरहन्छन्
मेरो खेतको आली समेत काटेर उनि धान रोप्छन्
उनको खेत तल
मेरो माथी 
तलबाट कान्ला ताछ्दै 
मेरो माथीको खेतको गह्रो उनको मा गाभ्छन्
हैरान पारिसके
कामै उनको छिमेकीको  जग्गा हडप्ने 
यसो नगर्नुहोस न दाई भन्छु
पाखुरा सुर्केर उल्टै झगडा गर्छन् ।
मेरा मात्र होइन,
उनका साँधमा जोडिएका सबैलाई दुःख दिन्छन्
कतिका त सिंगै जग्गा खाईदिए
कतिका मिचि नै राखेका छन्
उनका थिचोमिचो सहदा सहँदा हैरानै भईयो ।
हुँदाहुँदा यति सम्म गर्छन् कि,
अमिनीले गाडी दिएको किला
राती गएर उखेल्दा रहेछन् ।
राता रात सिमाना नामेट हुँने गरि खन्दारहेछन् ।
धेरैसँग जग्गा खिचोला मुद्दा  विचाराधिनै छ,
यसो ठुल्दाइ संग कुरा गर्न खोज्छु
परिवारै उल्टेर झगडा गर्न आउँछन् ,
अस्ती मात्रको कुरा,
उतरतर्फको सँधियारको जग्गामा बाटो खन्दिएछन्
उनका जग्गाको भाउ बढाउनको लागी
उनलाई बजार आउन जान सहज बनाएका रे,
किन यसो गर्नु भो ठूल्दाई रु
उल्टो मेरो जग्गा पो भन्छन् बा,
कुरा गरेर साध्य छैन,
अति नै हेपाहा प्रवृतिका छन् ठुल्दाइ। 

सबैलाई हैकम् चलाउन खोज्छन्
उनले भनेका सबले मान्नुपर्ने रे ।
बेला बेलामा यसो सहयोग गरे झै पनि गर्छन् 
अलि बढ्ता चिप्लो पनि घस्छ्न 
कुरा बुझदै जाँदा त
मेरो जग्गाको पानीको मुहान उनकामा सोझ्याउँन पो खोज्या रहेछन् ।

अति धुर्त छन् भन्या ठूल्दाई
जे गर्छन् उनका स्वार्थका लागी गर्छन्,
म भन्दा उनि धनि होलान्
धन नभएपनि स्वाभिमान छ नि
मेरा स्वाभिमानमा बारंबार धक्का पुर्‍याउन खोज्छन् उनी
अब त उनको हेपाहा प्रबृतिले सिमा नाघिसक्यो
सहने ठाउँ नै छैन,
तै पनि अन्तिम बार्ता गरौं भन्ने मा छु 
हेर्दै जाउँ.......

                                                              
                                                               

मध्यपुर ठिमी-३, गठ्ठाघर