प्रविधिको दुरुपयोग होइन सदुपयोग : ज्ञान र सीप आदानप्रदान गर्दै स्वनिर्भर हुन तालिम केन्द्र आवश्यक छ र ?

प्रविधिको दुरुपयोग होइन सदुपयोग :  ज्ञान र सीप आदानप्रदान गर्दै स्वनिर्भर हुन  तालिम केन्द्र आवश्यक छ र ?

शर्मिला शर्मा  |  दृष्टिकोण  |  जेठ १४, २०७७

यो समय सङ्कटकालीन समय हो । समय अनि परिस्थिति दुवै हाम्रो विपरीत बन्दै गएको छ । पुरै विश्व सङ्कटमा छ । यस्तो अवस्थामा हामी नेपालीलाई यो परिस्थितिसँग जुध्न अझै केही समय लाग्ने निश्चित छ ।

विकासका पूर्वाधार सँगसँगै कलकारखाना उद्योग धन्दा सङ्घ संस्था मात्र होइन   निजी साथै अधिकांश सरकारी कार्यालय पनि बन्द छन् । कोही मानिस बाहिर निस्कन सक्ने अवस्था छैन । विश्वको अर्थतन्त्रमा नै  पनि महासङ्कट आउने आकलन गरिएको छ । यसले गर्दा विश्व नै आर्थिक रूपमा १० वर्ष पछाडि धकेलिने अर्थविदहरुको तर्क अघि सारी रहेका छन् । यसले गर्दा नेपाल जस्तो विकासोन्मुख देश कडा मारमा पर्ने निश्चित छ । 

सियोदेखि नुनसम्म पनि छिमेकी राष्ट्रबाट आयात अर्थात् परनिर्भर नेपालीलाई अब आउने परिस्थितिसँग सामना गर्न झनै कठिन हुने नै छ ।

यस्तो अवस्थामा विगतमा गरेका कमजोरीलाई आत्मासाथ गर्दै अब आत्मनिर्भर बन्ने बाटो अपनाउनु हामी नेपालीको कर्तव्य र जिम्मेवारी हो । यसको लागि आफूले आफ्नो जीवन शैलीमा परिवर्तन गर्नुका साथै  अहिलेको चुनौती स्वीकार गर्दै नेपालीले आत्मनिर्भर हुने बाटो तर्फ जुनको विकल्प हामीसँग छैन । विगतबाट अब राम्रोसँग पाठ सिक्नुको बिकल्प हामीसँग छैन ।

विभिन्न सामाजिक सञ्जालमा, टिकटक आदिमा बसेको हाम्रो आदतलाई आफूलाई दक्ष बनाउने कुराको लत बसालौँ । यसले गर्दा एउटा नेपालीलाई मात्र नभई सिगों राष्ट्रनिर्माणमा पनि धेरै टेवा पुग्न सक्दछ । यसरी उत्पादन भएका बस्तुहरू अनुकुल्तामा स्वदेश वा विदेशमा  निर्यात गर्न सकिन्छ । अहिलेको अवश्यकत भनेको यो फुर्सदको समयमा आकर्षक र गुणस्तरीय सामग्रीको उत्पादनको सिप र लगनशीलताको हो । 

हरेक दैनिक उपभोग्य वस्तुमा रहँदा आएको पर निर्भरतालाई कसरी हटाउने ? कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने बारेमा व्यक्तिगतदेखि तीनै तहका सरकारको सहकार्यमा बाटो तय गर्नु जरुरी छ । भनिन्छ, नेपाल कृषि प्रधान देश हो । यो भनाइ हालसम्म अहिले सम्म भनाइमा मात्रै सीमित रहँदा आएको छ । यस भनाइलाई व्यवहारमा उतार्नु सबै तहका सरकार र नागरिकको तहबाट पनि प्रतिबद्धता आवश्यक छ । परम्परागत र निर्वाहमुखी कृषि प्रणालीलाई विस्थापन गरी आधुनिक र व्यावसायिक कृषि प्रणालीमा कसरी जान सकिन्छ भनेर सबैले सोच्नु अति जरुरी भइसकेको छ ।  

गाउँघर र पाखा पखेरासम्म रहेका बाँझा जमिनलाई कसरी उर्वर र उत्पादनशील बनाउन सकिन्छ । त्यहाँको वातावरण अनुकूल नगदे र खाद्य बाली के के  उब्जाउन सकिन्छ ?  मौसम अनुसारका तरकारी र फलफूल उत्पादनमा कसरी जोड दिने सकिन्छ ? तिनलाई व्यवस्थित तरिकाले भण्डारण र बजारीकरणको बाल्यावस्था लागि सरकारी निकायले कसरी सहजीकरण गर्न सक्छ । उत्पादन हुने ठाउँबाट बजारसम्म निर्यात गर्ने वातावरण कसरी निर्माण गर्न सकिन्छ ?

हालसम्म गाउँका हरेक घरमा केही पशुपालन गर्दै जीविका चलाउँदै आएको अवस्था छ । त्यसमा सङ्ख्या वृद्धि र विकास गर्दै व्यावसायिक उद्देश्यले  पशुपालन गर्दै कसरी खसी, बोका, बाख्रा कुखुरा आदिमा आत्मा निर्भर हुने विषयमा जोड दिने ? भन्ने विषयमा ध्यान जान जरुरी छ । 

भनिन्छ, अहिलेको युग भनेको इमेल र इन्टरनेटको हो । जसको सहायताले सजिलै एउटा कोठा भित्र बसेर पुरै विश्वलाई सजिलैसँग अध्ययन गर्न सकिन्छ । अहिले बर्खाको च्याउ सरह स्थापना भएका सञ्चार माध्यम, सामाजिक सञ्जाल, युट्युब च्यानल आदिलाई आत्मनिर्भरताको लागि ज्ञान र सीप आदानप्रदान गर्ने माध्यमको रूपमा उपयोग गर्न सकिन्छ । यी माथि उल्लेखित माध्यामहरुको दुरुपयोग नगरी सदुपयोग गर्ने हो भने पनि स्वनिर्भर हुन सकिन्छ । त्यसको लागि न कुनै तालिम लिनु नै पर्छ न तालिम केन्द्र नै सञ्चालन गर्नु पर्छ ।

मेरो छिमेकी बहिनी (रित्ता) नाम परिवर्तन उनले युट्युब च्यानलको सहयोग लिएर धागोबाट बन्ने विभिन्न डिजाइनका कपडा बुनी आफ्नो समय कटाइरहेकी छन् भने जाडोको लागि आफ्नो परिवारलाई आवश्यक पर्ने कपडाको जोहो गरिरहेकी छन् । यसले के सिकाउँछ भने समय सदुपयोग गर्न जान्यो भने जस्तो सुकै परिस्थितिको पनि सजिलै सामना गर्न सकिन्छ । उनी त्यही काममा नै व्यस्त छिन् । त्यसमा नै रमाउन थाली सकेकी छिन् । 

विनीता (नाम परिवर्तन) प्रयोगमा आई सकेका खाली बोतल, सिसा र प्लास्टिकका माध्यमबाट सुन्दर र आकर्षक कृत्रिम फूलहरू बनाउने काम थालेकी छिन । आफ्नो घरको गेटदेखि कोठासम्म सुन्दर र आकर्षक बनाउन सफल भएकी छिन् । यसले गर्दा उनको ध्यान विचलित भएको छैन । दिन कटाउन सजिलो भएको त छंदैछ चिनजान र साथीभाइको माग पूरा गर्न उनलाई भ्याई नभ्याई छ भने मनग्गे आम्दानी पनि गर्न थालेकी छन् । राम्रो मूल्य लिएर  ती सामान बिक्री वितरण समेत गर्ने सगर्व बताउने गरेकी छन् ।  

अर्की पात्र सिर्जना (नाम परिवर्तन) उनले आफ्नो परिवारले प्रयोग गरी सकेको पुराना लत्ताकपडालाई पुन प्रयोगमा ल्याउने प्रयास थालेकी छन् । तिनै कपडाको प्रयोगबाट सोफामा राख्ने चकटी कुसन बनाई राखेकी छन् र त्यसमा अझ झन् आकर्षक बनाउन विभिन्न प्रकारका रगांउने काममा तल्लीन छिन र छिमेकीको अर्डर अनुसार बिक्री वितरण गर्नमा नै व्यस्त हुन थालेकी छिन् । त्यसबाट आएको खर्च चलाउन थोरै भए पनि सहयोग पुग्दै आइरहेको छ ।

अहिले फुर्सदको समयसम्म आफ्नो घरको छतमै भए पनि तरकारी र फलफूल लगाउने फेशनका रूपमा नै विकास भएको देखिन्छ । खाली भएको छतको व्यवस्थित तरिका अपनाई उपयोग गर्न थालेको थोरै समय भएको छ । सहरमा खाली रहेको जग्गा जमिनमा फोहोर थुपार्ने होइन कि त्यसमा तरकारी खेती गरी आफ्नो परिवारलाई बिहान बेलुका तरकारीको जोहो गर्न सजिलो हुन्छ ।

इमेल, इन्टरनेटको सहयोग लिई विभिन्न आत्मनिर्भर बन्ने कोर्सहरू पढ्न सकिन्छ । मेकअप, हेयर डिजाईनिङ्ग, मेहेन्दी लगाउने, सिलाई बुनाई जस्ता काम सिकेर आफूलाई दक्ष र क्षमतावान् बनाउने विकल्प हामीसँग उपलब्ध छन् ।  

त्यसैले माथि उल्लेखित सञ्चारका साधनको दुरुपयोग होइन कि सदुपयोग गर्न सिकौँ । विभिन्न सामाजिक सञ्जालमा, टिकटक आदिमा बसेको हाम्रो आदतलाई आफूलाई दक्ष बनाउने कुराको लत बसालौँ । यसले गर्दा एउटा नेपालीलाई मात्र नभई सिगों राष्ट्रनिर्माणमा पनि धेरै टेवा पुग्न सक्दछ । यसरी उत्पादन भएका बस्तुहरू अनुकुल्तामा स्वदेश वा विदेशमा  निर्यात गर्न सकिन्छ । अहिलेको अवश्यकत भनेको यो फुर्सदको समयमा आकर्षक र गुणस्तरीय सामग्रीको उत्पादनको सिप र लगनशीलताको हो ।