डिश होमको सिनेमा घर ८८८ मा चलचित्र 'इन्टु मिन्टु लण्डनमा' जेठ १६बाट

डिश होमको सिनेमा घर ८८८ मा चलचित्र 'इन्टु मिन्टु लण्डनमा' जेठ १६बाट

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  जेठ १५, २०७७

काठमाडौँ । कोरोना भइरसकाे त्रास र लकडाउनका कारण घरैमा दिन बिताइरहेका ग्राहकरुकाे लागि  टेलिभिजन सेवा प्रदायक संस्था डिश होमले आफ्नो च्यानल ८८८ मा 'सिनेमाघर' मा  फिल्म शुरु 'इन्टु मिन्टु लण्डनमा' गर्ने जनाएकाे छ । 

देशमा लकडाउन भएर  सिनेमा हलहरु बन्द भई घरैमा बसीरहेका दर्शकहरुको मागलाई ध्यानमा राखेर  डिश होमले आफ्नो च्यानल ८८८ मा सिनेमाघरमा २०७७ साल जेठ १६ गतेबट 'इन्टु मिन्टु लण्डनमा' शुरु हुने जनाएकाे छ । 

डिसहोमले  दिएको जानकारी अनुसार २०७७ जेठ १६ गते शुक्रबारबाट  चलचित्र 'इन्टु मिन्टु लण्डनमा' डिश होमको सिनेमाघर ८८८ मा प्रदर्शन हुने भएकाे छ।

उक्त चलचित्रमा कलाकारहरु धीरज मगर,  साम्राज्ञी आरएल शाह, सारुक ताम्राकार, विजय लामा र दिलभूषण पाठक आदिको अभिनय रहेको छ । उक्त चलचित्रकाे मूल्य ३२५/- रहेकाे समेत जनाइएकाे छ