डिशहोमको लक्की ड्रमा दुई जनाले प्राप्त गरे एक एकलाख

डिशहोमको लक्की ड्रमा दुई जनाले प्राप्त गरे एक एकलाख

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ १७, २०७७

काठमाडाैँ । डिशहोमले  'DishHome मा Dealer दाईको Discount' नामक योजना अर्न्तगत २०७७  साल जेष्ठ ९ गते देखि जेष्ठ १५ गते सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर Lucky Draw  सम्पन्न गरेको  जनाएकाे छ ।

योजना अनुसार जेष्ठ १६ गते शुक्रबार साँझ ५ बजे डिशहोमको showcase channel No 100 बाट Live Lucky Draw प्रसारण गरिएको थियो उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु १००,००० /– नगद प्राप्त गर्नु  भएकाे छ ।

Lucky Draw बाट डिशहोमको सेटअप बक्सको CAS ID No.  02558206289, 71902564302  लाई बिजेता घोषणा गरिएको थियाे  । बिजेताहरुलाई प्रति व्यक्ति रु. १,००,०००/– नगद उपहार प्रदान गरिने डिशहोमले जनाएकाे छ । 

 आउने Live Lucky Draw  २०७७ साल जेष्ठ २३ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी  डिशहोमले गराएकाे  । २०७७ साल जेष्ठ १६ गते शुक्रबार देखि जेष्ठ २२ गते बिहिबार सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई जेष्ठ २३ गतेको Live Lucky Draw मा समावेश गरिने छ । अधिक जानकारीको लागि देशभर रहेको डिशहोमको डिलरहरुमा सम्पर्क गर्न समेत डिशहोमले अनुराेध गरेकाे छ  ।