मेरो भ्रम : भोट चल्ने , नोट चल्ने , श्रम चल्ने ,रगत चल्ने , लेनदेन चल्ने, कला चल्ने तर पानी किन  नचल्ने ?

मेरो भ्रम : भोट चल्ने , नोट चल्ने , श्रम चल्ने ,रगत चल्ने , लेनदेन चल्ने, कला चल्ने  तर पानी किन  नचल्ने ?

प्रशान्त उप्रेती  |  दृष्टिकोण  |  जेठ १८, २०७७

म एक प्रवासी नेपाली हुँ। मेरो जन्म  कथित बाहुन परिवारमा भएको हो ।  छिमेकी हाम्रा पनि थिए। जनयुद्धमकाे मारबाट देश तहस नहस बनेपछि  उज्ज्वल भविष्य खोज्न म परदेशिएको थिए ।  देशमा परिवर्तन आएको  छ रे भन्ने मा विश्वास  थिए । करिब दशक भन्दा बढी नै  भो नेपाल छोडेको। तर अब देशमा परिवर्तन भएको विश्वास रहेन ।  

माथि उल्लेखित तस्बिरले हजारौँ प्रश्न जन्माइ रहेको छ । भाइ नमरा भेट त सम्भव भएन यो जुनीमा हाम्रो। तिमीलाई हार्दिक समवेदना !   तर पनि दाजुभाइ गुमाउनु पर्दाको पिडा भोगी सकेकोले ठुलो शोकमा  छु। पिडाको गहिराइ म राम्ररी बुझ्दछु। 

एक्कासि सामाजिक सञ्जाल मा तिम्रो फोटो देखे। मेरो मन मन कुँडियो, जिउ गल्यौ, हात खुट्टा काँपे, मन भारी भएर आयो ।  

सामाजिक सञ्जाल  रहेको यो हाँसोले आज मलाई व्यंग गरिरहेको छ। खोइ !  'मलाई युद्ध गर प्रेम होइन' भनेको जस्तो भान भइरहेको छ। खोइ के भनूँ ?

त्यो टोपीमा त झन् सिङ्गो राष्ट्र बोकेको देख्छु । झन्डाको त कुरै नगरूँ !  म शब्द हीन छु अर्थात् निःशब्द छु ।  म लज्जित छु। मेरा देशका दूरदर्शी नेता सेटे लाइट मा खोइ के जाती यन्त्र पठाऊदैछु भन्थे !  युरोप,  अमेरिकामा भएका नेपाली को सुरक्षा गर्छु भन्थे ! हाम्रो मुलुक के के नाना थरी  भेदभाव विहीन  मुलुक बनाई सकेको छ भन्थे ! देशमा आमूल परिवर्तन आएको छ भन्थे भाषणमा ! 

अछुतले सिलाएको जुत्ता पहिरिएर उ अग्लो  प्रतिष्ठित बन्छ। मौका पर्न साथ  त्यही जुत्ताले टेक्छ दलितको छाती माथि ।  शुभ मुहूर्तमा पन्चे बाजा त्यही दमाईले बजाउँदा शुभ साइत हुन्छ।  सीमा जोगाउन गोर्खेले बोकेको सिरुपाते खुकुरी यही अछुतले बनाएको चल्छ । आज त्यही खुकुरीको आडमा अङ्ग्रेज लाई छप्काएर  स्वाभिमान नेपाली बनेर  ' वीर गोर्खाली ' सानका साथ  कहिल्यै नझुक्ने नेपाली भएर बच्न प्रख्याती कमाएको छ । 

आज देशमा नै बेकसुर प्रेमको बहानामा जतियताका  आधारमा ज्यान गुमेको छ  । हरेक प्राणी  मर्नु त एक दिन छदैछ जन्मेपछि । तर  खोइ ! बुहारी भित्र्याउन आँगन पोती बसेकी आमाको पिडा  म के बुझुन् ?  म पुरुष हुँ। मन केही कठोर छ।  बाउको पिडा अलि अलि आकलन गर्न सक्छु।  म लज्जित छु।  संविधानबाट राजा हटाउन सक्ने नेता हो अब दलित शब्द हटाउन केले छेकेको छ । जात वर्ण माथि राजनीति ! भो ! अब  भेदभाव को अन्त्य गर !

  कति सम्म भने  वर्ष  भरिको लागि अन्नपात  त्यही अछुतले  खेतबारीबाट ल्याई भित्राएको भकारीमा भर्छ । त्यही अन्नपात वर्ष भरि सन्तान लाई खुवाउँछ। समाज कति साँगुरो र निर्दयी  सोचको छ हँ।  जन्मना साथ लगाउने  पहिलो भोटोसम्म त्यही कथित 'अछुत'ले सिएको पहिराइन्छ र  सन्तान आगमनको खुसीयाली मनाइन्छ।  दुलाहाले दुलहीलाई   लगनमा लगाइदिने साइतको मङ्गल सूत्र त्यही 'अछुत'को हातले बनाएको शुभ साइत भनी  पहिरिन्छ वा पहिराइन्छ । अनि भनिन्छ  'अज्जम्बरी'को साइनो जोडिएकाे भनिन्छ ।    त्यतीमात्र कहाँ हो र  भगवानका  मूर्ति तिनैको हात बाट बनेको  मन्दिर मा देवता बनेर बस्छन्। कति मन्दिर पनि यही दलितले नै बनाएका छन् । गजुरमा बुट्टा त्यही दलितले भर्छ। तर मन्दिरमा उसले प्रवेश  पाउँदैन। धर्म एकै हो सबैको हिन्दु धर्म  भनिएका अछुतको पिन र कथित ठुला जात भनिएकाको  पनि ! 

अछुतले सिलाएको जुत्ता पहिरिएर उ अग्लो  प्रतिष्ठित बन्छ। मौका पर्न साथ  त्यही जुत्ताले टेक्छ दलितको छाती माथि ।  शुभ मुहूर्तमा पन्चे बाजा त्यही दमाईले बजाउँदा शुभ साइत हुन्छ।  सीमा जोगाउन गोर्खेले बोकेको सिरुपाते खुकुरी यही अछुतले बनाएको चल्छ । आज त्यही खुकुरीको आडमा अङ्ग्रेज लाई छप्काएर  स्वाभिमान नेपाली बनेर  ' वीर गोर्खाली ' सानका साथ  कहिल्यै नझुक्ने नेपाली भएर बच्न प्रख्याती कमाएको छ । 

भोट चल्ने , नोट चल्ने , श्रम चल्ने ,रगत चल्ने , लेनदेन चल्ने, व्यापार चल्ने ,गीत चल्ने ,कला चल्ने , खेलाडी चल्ने तर पानी किन  नचल्ने ?  

खोइ ! कहाँ छ यसको रहस्य अनि कारण ?

राष्ट्र सेवा (नेपाल प्रहरी) मा पहिलो चरणमा छनौट भई सकेका उनी के गरी राष्ट्र  र समाज विरोधी  भए ?  उनी लगायत लाई निर्घात कुटपिट हुँदा  किन  प्रहरी प्रशासन मुख दर्शक भएर बस्यो ? आपराधिक तवरले ढुंगामुडा गरी ,घरेलु हातहतियार प्रयोग गरी निर्लज्ज रूपमा हत्या प्रहरीको सम्मुखमा भयो ।

पटक पटक प्रेमिका २र ३ दिनसम्म नमरा को घरमा बस्दा परिवारलाई  यो घटना अघि समस्या भएन ? आज एक्कासि ज्यान नै मार्नु कति उपयुक्त थियो त्यो पनि कथित सानो जातको भएकै आधारमा २१ यों शताब्दीमा ! 

पेरिस, फ्रान्स