काठमाडौँ मेडिकल कलेजका आकस्मिक तथा तेह्रवटा विभागका सम्पूर्ण सेवाहरु आजैबाट सुचारु (सूचनासहित )

काठमाडौँ मेडिकल कलेजका आकस्मिक तथा  तेह्रवटा विभागका सम्पूर्ण  सेवाहरु आजैबाट सुचारु (सूचनासहित )

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २३, २०७७

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजको सिनामंगल स्थित शिक्षण अस्पतालमा चार जनालाई कोभिड पोजेटिभ देखिएपछि स्थगित भएका सम्पूूर्ण सेवाहरू आज २०७७ साल ज्येष्ठ २३ गते शुक्रवार बेलुका ५ देखि सुचारु हुने भएको छ ।  

काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडका अस्पताल निर्देशक प्रा.डा. मुकुन्दराज शर्माले एक सूचना जारी गरी उपरोक्त कुराको जानकारी दिनुभएको हो । 

२०७७ साल ज्येष्ठ २० गते मङ्गलवार सिनामंगलस्थित अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मी तथा प्रसूति विभागका दुई सेवाग्राहीको कोभिड टेस्ट  पोजिटिभआएपछि इमर्जेन्सी लगायत सम्पूर्ण सेवाहरू अर्को सूचना नआइन्जेलको लागि स्थगित गरिएको थियो । 

कलेजका अनुसार सेवाग्राही, स्वास्थ्यकर्मी, कर्मचारीहरूको सुरक्षाको लागि र अस्पताललाई निर्मलीकरण गरी फेरि सुरक्षित तरिकाले सुचारु गर्नका लागि अन्तरङ्ग सेवा बाहेकका सम्पूर्ण सेवाहरू थोरै समयको लागि स्थगन गरिएकोमा सबै काम सम्पन्न गरी २०७७ साल ज्येष्ठ २३ गते शुक्रवार बेलुका ५ देखि  बेलुकादेखि अस्पतालको आकस्मिक तथा अन्य तेह्र वटा विभागको अन्तरङ्ग तथा बहिरङ्ग सेवा सुचारु गर्ने निर्णय गरिएको र सोही अनुसार सूचना प्रकाशित गरेको  जनाएको  छ । 

कलेजकी प्रमुख कार्यकारी अधिकृत तथा प्राचार्य प्रा.डा चन्दा कार्कीका अनुसार  नियम बमोजिम अस्पतालले आफ्ना दुई जना स्वास्थ्यकर्मीलाई आफ्नै कोभिड अस्पतालमा राखेर उपचार भइरहेको छ भने अन्य सेवाग्राहीको हकमा यसको जानकारी सम्बन्धित सरकारी निकायलाई गराइसकिएको छ । 

अस्पताल प्रशासनले दिएको जानकारी अनुसार २०७७ साल ज्येष्ठ २० गते मङ्गलवार राती नै प्राइमरी ट्रेसिङ्ग गरी १ सय भन्दा बढी स्वास्थकर्मीहरुको परीक्षणको लागि स्वाब सङ्कलन गरी पठाइएको र २०७७ साल ज्येष्ठ २२  करिब नब्बे जनाको स्वाब सङ्कलन गरी परीक्षणको लागि पठाइसकेको जानकारी दिएको छ । 

कार्यकारी अधिकृत तथा प्राचार्य प्रा.डा चन्दा कार्कीले  विश्व कोभिड(१९को सङ्क्रमणसँग  लडिरहेका बेला केएमसी अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आफ्नो ज्यान जोखिममा राखेर पनि मानव जीवन रक्षा गर्ने आफ्नो धर्ममा समर्पित भएकोमा सबैको सह्राना गर्नु भएको छ भने सबै स्वास्थ्यकर्मीहरूको मनोबल बढाउन सम्बद्ध सबैलाई आग्रह समेत गर्नु भएको छ । 

 कलेजले सुरुको दिनदेखि नै नेपाल सरकारको निर्देशन एवम् मापदण्डहरूको पालना गर्दै, कोभिड स्क्रिनिङ्ग क्लिनिक चलाइ, ट्राएजिङ्ग को व्यवस्था गरी अर्को  तहको स्क्रिनिङ्ग पनि गरी, दुवाकोट अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेको र सिनामंगलस्थित अस्पतालबाट जनरल स्वास्थ्य सेवा प्रवाह गर्ने कोसिस गर्दै आएको जनाएको छ । 

कार्यकारी अधिकृत प्रा.डा कार्कीका अनुसार आफ्ना स्वास्थकर्मीहरुको सुरक्षाको सक्दो ख्याल राख्दै कुनै पनि नेपालीले अकालमा ज्यान गुमाउन नपरोस् भनी कोभिड/नन कोभिड सबै खाले सेवा दिइराखेको जानकारी दिनुभएको छ । कार्कीका अनुसार लकडाउनको समय अवधि भरीमा अस्पतालले सम्पूर्ण सेवाहरूको माध्यमबाट करिब २५ हजार भन्दा बढी नेपालीहरू लाई सेवा प्रदान गरिसकेका छ । त्यसै गरी करिब ४७ जनालाई कोभिड अस्पताल तथा सिनामंगलस्थित अस्पतालको आइसोलेसन वार्डमा राखी सेवा प्रदान गर्न गरेको छ । 

अस्पताल प्रशासनका अनुसार सिनामंगलस्थित अस्पतालले स्वाब सकंलन गरी पठाएका करिब ७६ वटा स्याम्पल मध्ये केही दिन अघि एक जना बिरामीको कोभिड टेस्ट  पोजेटिभ आएको र एक जनालाई कोभिड अस्पताल दुवाकोट्मा सेवा दिएकोले करिब ४२ जना स्वास्थ्यकमीहरुलाई दुवाकोटको आफ्नै क्वारेनटाइन राखेर उपचार गरिनुका साथै प्राथमिक ट्रेसिङ्ग गरी  सिनामंगल तथा दुवाकोट दुवै स्थानबाट सम्बन्धित सबैको स्वाब सङ्कलन गरी परीक्षणको लागि पठाउने  कार्य जारी रहेको समात बताइएको छ ।