डिशहोमले एकएक लाख प्राप्त गर्ने दुई जना भाग्यशाली विजेताकाे घोषणा

डिशहोमले एकएक लाख प्राप्त गर्ने  दुई जना भाग्यशाली विजेताकाे घोषणा

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ २३, २०७७

ललितपुर । डिशहोमले 'DishHome मा Dealer दाईको Discount'  नामक योजना अन्तर्गत  २०७७ साल जेष्ठ १६ गते देखि जेष्ठ २२ गते सम्म Fund Transfer  बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर Lucky Draw   सम्पन्न गरेको  जनाएको छ ।

योजनाअनुसार जेष्ठ २३ गते शुक्रबार साँझ ५ बजे डिशहोमको showcase channel No 100  प्रसारण गरिएको थियो । उक्त योजनाअनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति  १ लाख  नगद प्राप्त गर्ने समेत  डिशहोमले जनाएको छ ।

डिशहोमले दिएको जानकारी अनुसार Lucky Draw  बाट डिशहोमको सेटअप बक्सको CASID No. 71902866301, 71908918700 लाई बिजेता घोषणा गरिएको छ । बिजेताहरुलाई प्रतिव्यक्ति  १ लाख नगद उपहार प्रदान गरिने भएको छ ।

 आउने Live Lucky Draw   २०७७ साल जेष्ठ ३०गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ ।

२०७७ साल जेष्ठ २३गते शुक्रबार देखि जेष्ठ २९ गते बिहिबार सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई जेष्ठ ३० गतेको Live Lucky Draw  मा समावेश गरिने छ । अधिकजानकारीको लागि देशभर रहेको डिशहोमको डिलरहरुमा सम्पर्क गर्न सकिन्छ ।