अनेसास बालकविता प्रतियोगिता नतिजा प्रकाशित

अनेसास बालकविता प्रतियोगिता नतिजा प्रकाशित

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ २४, २०७७

काठमाडाैँ । अनेसास अन्तर्राष्ट्रिय बालकविता प्रतियोगिता, २०७७ घोषणा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय बाल समितिले आयोजना गरेको 'अनेसास बालकविता प्रतियोगिता, २०७७' को नतिजा प्रकाशित गरेको महासचिव गणेश घिमिरेले जानकारी गराउनु भएकाे   छ ।

सो प्रतियोगितामा पोर्चुगलका मनस्वी खराल प्रथम, अमेरिकाका विवेक खरेल द्वितीय र जापानका रिआना बोगटी तृतीय हुनु भएको छ । पुरस्कृतहरु सबैलाई प्रमाणपत्र र नगदको व्यवस्था रहेको छ । प्रथम पुरस्कर राशी ३००/-, द्वितीय २००/- र तृतीय १००/- अमेरिकी डलर रहेको  अनेसासले जनाएको छ ।

साहित्यकार महेश पौडेल (नेपाल)को संयोजनमा सुमलकुमार गुरुङ (बेलायत) र सुरेन उप्रेती (क्यानडा) रहेको तीन सदस्यीय निर्णायक समितिले सो निर्णय गरेको हो ।

अनेसासद्वारा आयोजित यस प्रतियोगिताका लागि प्राप्त भएका कविताहरु उत्कृष्ट रहेको अनेसास बाल समितिका संयोजक डा. केशव शर्माले बताएका छन । निर्णायक समितिका संयोजक महेश पौडेलले यस महत्वपूर्ण प्रतियोगितामा निर्णायक मण्डलको संवेदनशील जिम्मेवारी दिएकोमा कृतज्ञता ब्यक्त गरेका छन । आसन्न भयावह र विपन्न समयमा पनि अनेसास बाल समितिले नानीबाबुहरुलाई संलग्न गराएर यस्तो महत्वपूर्ण प्रतियोगिता गराएकोमा केन्द्रीय कार्यसमितिको तर्फबाट अध्यक्ष राधेश्याम लेकालीले हार्दिक धन्यवाद ब्यक्त गरेका गर्नु भएको छ ।