चिनी रोगीहरूको सङ्ख्या : नेपालमा १५ देखि १९ र विश्वमा करिब ३ प्रतिशत जनसङ्ख्या पीडित !

चिनी रोगीहरूको सङ्ख्या :  नेपालमा १५ देखि १९ र  विश्वमा करिब ३ प्रतिशत जनसङ्ख्या पीडित !

प्रा.डा.डम्बरबहादुर कार्की  |  दृष्टिकोण  |  जेठ २५, २०७७

विभिन्न देशहरुमा गरिएका  चिनी रोग सम्बन्धी सर्वेक्षणहरुमा बेग्ला बेग्लै उमेर समूहका महिला तथा परुषहरुलाई समावेश गरिएको पाईन्छ । यसै कारणले गर्दा विभिन्न विशेषज्ञहरुले गरेका सर्वेक्षणमा चिनीरोगीहरुको संख्या बेग्ला बेग्लै उल्लेख गर्ने गरेको पाइन्छ । कुनै कुनै सर्वेक्षणमा बीस वर्ष भन्दा माथि उमेर भएका व्यक्तिहरुलाई लिइएको छ भने अन्य सर्वेक्षणहरुमा १४ वर्ष, १५ वर्ष, २५  र ४० वर्ष भन्दा बढीको उमेर भएकाहरुमा चिनीरोगीहरुको संख्या पत्ता लगाउने प्रयत्न गरिएको पाईन्छ । बेग्ला बेग्लै उमेरका व्यक्तिहरुमा गरिएको अनुसन्धानहरुमा चिनीरोगीहरुको संख्या बेग्ला बेग्लै हुनु स्वभाविकै हो ।

सन् २००० सालमा सबै उमेरलाई समावेश गरिएको अनुसन्धानबाट विश्वमा २.८ प्रतिशत चिनीरोगीहरु भएको पाईएको छ । सन् २०३० सम्ममा संसारमा ४.४ प्रतिशत चिनीरोगीहरु हुन सक्ने सम्भावना रहेको अनुसन्धानकर्ताहरुको अनुमान  रहँदै आएको छ । इन्टरनेश्नल डायवेटिज फेडेरेशनले गरेको एक अनुसन्धान  अनुसार सन् २०१० मा संसारभरीका २० वर्ष देखि ७९ वर्ष उमेर भएका चिनीरोगीहरुको संख्या १ सय ८५ करोड भएको आकडा सार्वजनिक गरेको थियो । सन् २०३० सम्ममा चिनी रोगीहरुको संख्या ४सय ३८ करोड पुग्ने अनुमान गरिएको छ ।

सन् २००० देखि सन् २०१४ भित्र डायवेटिज सम्बन्धी गरिएका १० अनुसन्धानहरुलाई डा. ज्ञावली र उनका सहयोगीले विस्तृत अध्यायन गरेर नेपालमा १५ वर्ष माथिका कति चिनीरोगीहरु छन् भन्ने विषयको प्रस्तुति सन् २०१५ मा  प्रकाशित गर्नु भएको छ । यो अध्यायन अनुसार नेपालको शहरी क्षेत्रमा ८.१ प्रतिशत र ग्रामिण क्षेत्रमा १ प्रतिशतलाई चिनीरोग भएको  अध्ययनको निश्कर्ष निकालिएको छ ।

सन् २०२० को मार्च महिनासम्म संसारको जनसंख्या ७.८ विलियन पुगि सकेको छ । २ सय हजार वर्षमा संसारभरीको जनसंख्या एक विलियन पुगेको थियो भने गत २ सय वर्षमा विश्वको जनसंख्या ७ विलियन भएको इतिहास छ । भविष्यमा विश्वको जनसंख्या तीब्र गतिले बढ्ने सम्भावना रहेको छ । विश्वको जनसंख्या बढ्नुको साथै चिनीरोगीहरुको संख्या पनि सँगसँगै बढ्दै जानु स्वभाविक हो । चिनीरोगीहरुको उपचारको खर्च पनि बढ्दै गएर राज्यले ठूलो आर्थिक संकट भोग्नु पर्ने परिस्थिति आउन सक्छ ।

सन् २०१० मा भारतमा चिनीरोगीहरुको संख्या ५.०८ करोड थियो भने सन् २०३० मा यो संख्या बढेर ८.९ करोड पुग्ने अनुमान गरिएको छ । भारतको  सरकारी सर्वेक्षण अनुसार भारतमा ११.६ प्रतिशतलाई चिनीरोग भएको आकडा सार्वजनिक गरिएको  छ ।

सन् २०१३ मा चाईनामा गरिएको देशव्यापी सर्वेक्षणले चिनीरोगीहरुको संख्या ११६ मिलियन अर्थात ११.६ करोड रहेको थियो ।  हालसम्म गरिएका अनुसन्धादाता तथा विज्ञहरुका अनुसार सबभन्दा धेरै चिनीरोगिहरु भएको देश चीन हो ।

सन् २००० देखि सन् २०१४ भित्र डायवेटिज सम्बन्धी गरिएका १० अनुसन्धानहरुलाई डा. ज्ञावली र उनका सहयोगीले विस्तृत अध्यायन गरेर नेपालमा १५ वर्ष माथिका कति चिनीरोगीहरु छन् भन्ने विषयको प्रस्तुति सन् २०१५ मा  प्रकाशित गर्नु भएको छ । यो अध्यायन अनुसार नेपालको शहरी क्षेत्रमा ८.१ प्रतिशत र ग्रामिण क्षेत्रमा १ प्रतिशतलाई चिनीरोग भएको  अध्ययनको निश्कर्ष निकालिएको छ ।

नेपाल डायवेटिज एसोसियसनका अनुसार २० वर्ष माथि उमेर भएकाहरुमा १५ प्रतिशत र ४० वर्ष भन्दा ज्यादा उमेर भएकाहरुम १९ प्रतिशतलाई चिनीरोग हुन्छ भनिएको छ । विश्व स्वास्थ्य संघको भनाई अनुसार नेपालमा ४ लाख ३६ हजार  जना चिनीरोगीहरु रहेका छन् र सन् २०३० सालसम्ममा यो संख्या बढेर १३ लाख २८ हजार पुग्ने अनुमान गरिएको छ ।

माथि उल्लेख गरिएको तथ्यांकहरुले विश्वमा चिनीरोगीहरु कति छन् भन्ने विषयलाई स्पष्ट पारिएको छ । जति उमेर बढ्दै गयो उति चिनीरोग हुने सम्भावना हुन्छ । मोटोपनले मधुमेहलाई निम्त्याउँछ । यसर्थ वाञ्छनीय तौल राख्ने प्रयत्न गर्नु पर्छ ।

यो पनि

चिनी रोग : के कारण लाग्छ ? लागेको कसरी थाहा पाउने ? र कति प्रकारका हुन्छन् ?