बधाई इजरायल ! चन्द्रमामा पुग्ने चौथो राष्ट्र हुन गइरहेकोमा आजको एक महिनामा ‘बेरेशीट ल्याण्डर’ चन्द्रमामा ओर्लिने छ

बधाई इजरायल ! चन्द्रमामा पुग्ने चौथो राष्ट्र हुन गइरहेकोमा आजको एक महिनामा ‘बेरेशीट ल्याण्डर’ चन्द्रमामा ओर्लिने छ

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  फाल्गुन २७, २०७५

केही दिन पहिला लोकसंवादमा प्रकाशित चन्द्रमा विषयक लेख पढेर कोमल भट्टराई दाईले एउटा प्रश्न लेखी पढाउनु भयो । 

 मसँग उहाँको प्रश्नको जवाफ मस्तिष्कमा उपलब्ध थियो । मैले उहाँसँग सोधे, ‘दाई यसको उ्रत्तर अहिले मौखिक नै दिउ कि यसमाथि एउटा लेख लेखेर प्रेषित गरौं ?’ 

उहाँले लेखमै ‘उत्तर दिए झनै गज्जब’ भनेर हौसला बढाई दिनुभयो । 

उहाँको प्रश्न थियो, अमेरीकाको चन्द्र मिशन  १९६९ पछि अन्य चन्द्र अभियान किन भएनन् ?

यो प्रश्नसँग मेरो विज्ञान लेखनको भावनात्मक सम्बन्ध रहेको छ । मेरो विज्ञान लेखनको श्री गणेश नै चन्द्र अभियानबाट भएको स्मरण हुन आयो । 

चन्द्रयात्री एल्ड्रिन बज नेपाल भ्रमणमा रहेको बेला मैले उनको चन्द्रयात्रा बारे लेखेर विज्ञान लेखन थालनी गरेको थिए । उनी नेपालमै रहँदा अन्नपूर्ण दैनिकमा सो लेख प्रकाशित भएको थियो । त्यस पछि झण्डै सयवटा विज्ञान सम्बन्धी लेख लेखे, जुन विभिन्न पत्र पत्रिका तथा अनलाईनहरुमा प्रकाशित भए । 

कोमल दाई वास्तवमा म यो लेख ११ अप्रिल २०१९ का दिन लेख्ने मूडमा थिए । तर त्यो बेलासम्म तपाई आफ्नो प्रश्नको ‘इन्टेन्सिटी’ नै बिर्सनु हुन्छ भन्ने हेतुले १ महिना पहिला नै लेखी रहेको छु । 

 तपाईलाई कौतुहल भयो होला, मैले ११ अप्रिलमा लेख्ने ‘मूड’ किन बनाएको थिए ? 

११ अप्रिल कै दिन भएको भए मैले यस विषयमा थप केही लेखी रहनु पर्ने थिएन । मेरो लेख प्रकाशित हुनु पूर्व नै तपाईसँग जानकारी आई पुग्थ्यो – चन्द्रमामा ‘ल्याण्ड’ गर्ने इजरायल विश्वको चौथो देश बन्यो ।

आज यति यति समयमा इजरायलले पठाएको ‘ल्याण्डर’ ‘बेरेशीट’ले (Beresheet) ले चन्द्र धरातल स्पर्श गर्यो । ५ सय ८५ किलो को यो ‘रोबोटिक ल्याण्डर’ले इजरायलको झण्डा, इजरायली बच्चाले बनाएका चित्र, इजरायलको राष्ट्रिय गीतको ‘डिस्क’ पनि चन्द्रमामा पुर्‍याएको छ । 

           बेरेशीट चन्द्रमा ल्याण्ड गरेको काल्पनीक चित्र

चन्द्रमामा यान ‘ल्याण्ड’ गराउने इजरायल चौथो देश बन्न गइरहेको छ । यान अहिले पृथ्वी र चन्द्रमा बीचको आकाशमा चन्द्रमा तिर बढी रहेको छ । ११ अप्रिलको दिन यसले चन्द्र धरालत हुनेछ । 

यसरी नै चन्द्र धरातलमा आफ्नो यान ‘ल्याण्ड’ गराउने चीन तेस्रो देश बनेको थियो । चीनले सन् २०१३ मा यो सफलता पाएको थियो । सन् २०१९ मा चीनले चन्द्रमामा एउटा विशिष्ट उपलब्धि हासिल गरेर विश्वको पहिलो देश हुने कीर्ति राख्ने पनि सफलता पायो । चीनले ‘डार्क साइड अफ मून’मा यान ‘ल्याण्ड’ गराएर यो रेकर्ड बनाएको हो । 

चन्द्रमामा पुग्ने तेस्रो र चौथो देश बारे त थाहा भयो । के तपाईलाई थाहा छ चन्द्रमामा आफ्नो यान ‘ल्याण्ड’ गराउने पहिलो देश कुन हो ? 

यस बारे अधिकांशको जवाफ अमेरीका हुन्छ, तर यस जवाफमा पूर्ण सत्यता छैन । सत्य आफैमा यति धनचक्कर युक्त हुन्छ यसको निरुपण एक शब्दले, एक वाक्यले, एक पानाले वा एक पुस्तकले गर्न सम्भव हुन्न । अरु धर्म विशेषले त एउटा कुनै ‘पुस्तक इंगित गरी’ यो नै सत्य हो, यस सत्यमा अब केही थपघट गर्न मिल्दैन भनेर सत्यलाई, त्यो धर्म विशेषको मान्यता भित्र प्राणवायु पनि उपलब्ध नहुने गरी कैद गरिदिए । हिन्दु र बौद्ध धर्म यस मामलामा सबैभन्दा बढी वैज्ञानिक दृष्टिकोण युक्त छन् । त्यहाँ सत्य थुनिएको छैन–वेद देखि पुराण हुँदै उपनिषद् लगायत नाना प्रकारले सत्यको मीमांसा निरुपण, व्याख्या विवेचन हुने गति अविराम जारी रह्यो । यसैगरी बौद्धधर्ममा पनि विचार र चिन्तनको श्रृंखलामा कहिल्यै प्रतिबन्ध रहेन । विश्वभरका उत्कृष्ट वैज्ञानिक र विज्ञान ‘एटीट्युड’ भएका मस्तिष्कधारीहरुको यी धर्म प्रतिको आकर्षण ‘यी धर्ममा सत्य छ भनेर होइन,’ यहाँ सत्यताको सतत अनुसन्धान गर्ने प्रवृत्ति र स्वतन्त्रता छ भनेर भएको हो । 

अमेरीका चन्द्रमामा पुग्ने पहिलो राष्ट्र हो भन्नुमा सत्यता छैन । चन्द्रमा धरातलमा पहिलो पटक आफ्नो यान ‘ल्याण्ड’ गराउने सफलता रुसलाई प्राप्त भएको थियो । २० जुलाई १९६९ को रात्रि ८ बजेर १७ मिनेट जाँदा अपोलो अभियानको मुख्य यान ‘कोलम्बिया’बाट छुट्टिएर चन्द्रयान ‘इगल’ले चन्द्र धरातलको ‘ट्रैक्युलिटी बेस’ छोएको थियो । तर यो चन्द्र धरातलमा पुग्ने पहिलो यान भने थिएन । 

 रुसको (तत्कालीन सोभियत संघ) लुना–२ भन्ने यानले यो उपलब्धि १३ सेप्टेब्र १९५९ मै हासिल गरेको थियो । रुसको यस सफलतालाई पछ्याउदै अमेरीकाले १९६२ मा रेन्जर–४ यान पठाएको थियो तर यो चन्द्र सतहमा ओर्लिन सफल भएन । 

यसै क्रममा १३ अप्रिल १९६१ मा रुसले पहिलो पटक अन्तरिक्षमा मानिस पठाएर (पहिलो अन्तरिक्ष यात्री युरी गागरिन) पृथ्वी बाहिरको दौडमा आफूलाई सबैभन्दा । श्रेष्ठ र उन्नत प्रविधि सम्पन्न साबित गर्यो । यसकै फलस्वरुप अमेरीकाले ‘अपोलो अभियान’ घोषणा गरेर रुसलाई यो दौडमा पछि पार्ने योजना बनायो । २७ जनवरी सन् १९६९ देखि प्रारम्भ भएको पहिलो ‘अपोलो अभियान’ (यो पूर्णतः असफल रहेको थियो) देखि जम्मा २ वर्ष ५ महिना १३ दिनको समय अन्तरालमा २० जुलाई १९६९ का दिनसम्म आउँदा अमेरीकाले रुसलाई सदाका लागि पछाडि पारी दियो । रुसको लुना अभियान मानवरहित थियो । अपोलो अभियानले २१ जुलाईको दिन २ बजेर ५६ मिनेट जाँदा मानिसको पाइलाले चन्द्र धरातलमा टेकेर नयाँ इतिहास कायम गरी दियो । नील आर्मस्ट्रांगल चन्द्र धरातलमा टेकेर, दैट्स वन स्माल स्टेप फर अ म्यान, वन गेन्ट लीप फर म्यानकाइन्टु’ उद्घोष गरे । 

यसपछि अपोलो १२, अपोलो १४, १५, १६, १७ बाट १२ जना अमेरीकी व्यक्तिले चन्द्र सतहमा टेक्ने अवसर पाएँ । अपोलो १७ अभियान दलमा गएका युगीन सेरनन, हैरीशन ज्याक स्कमिट र रोन इभांस नै चन्द्र यात्रा गर्ने अहिले सम्मका अन्तिम व्यक्ति हुन । यस पछि अमेरीकाले अपोलो अभियान बन्द गर्यो । 

     rGb| w/ftnaf6 k[YjL o:tf] b]lvG5

 रुसबाट प्रारम्भ भएको चन्द्रमा छुने अभियानमा अमेरीका, चीन, हुँदै इजरायल पनि सम्मिलित हुन गइरहेको छ । निसंदेह चन्द्रमामा मानिस पठाएर अमेरीका सबैभन्दा अगाडि छ अन्य कुनै राष्ट्रले चन्द्रमामा मानिस पठाउने सफलता पाएका छैनन् । चन्द्रमाको आकाशमा आफ्नो यान पठाउने सफलता जापान, भारत र यूरोपका २२ राष्ट्र सम्मिलित रहेको ‘यूरोपियन स्पेश एजेन्सी’ ले पनि आर्जित गरेको छ ।

 अहिले सम्म अमेरिकाका अतिरिक्त अन्य कुनै राष्ट्रले चन्द्रमामा मानिस किन नपठाएको जिज्ञासामा यति नै भन्न सकिन्छ, प्रविधि नभएर । चन्द्रमामा मानिस पठाउँदा उसलाई पृथ्वीमा फर्काएर ल्याउने दायित्व पनि हुन्छ । अमेरीका बाहेक यो प्रविधि अरु राष्ट्रसँग उपलब्ध छैन । ‘वन वे ट्राफिक’ मा चन्द्रसम्म पुग्ने प्रविधि अरु राष्ट्रले विकसित गरे पनि चन्द्रमाबाट फर्केर आउने प्रविधि विकास गर्न सकेका छैनन् । तर अब चन्द्रमाको ‘माटोको महत्व’ सबैले बुझी सके, यो माटो पृथ्वीमा ल्याउने होड प्रारम्भ भइसकेको छ । धेरै देशले चन्द्र अभियानमा आफ्नो लगानी वृद्धि गरेका छन् । आउँदो २०३० देखि २०३० को दशक पुनः ‘चन्द्रमा दौड’मा केन्द्रित हुन गइरहेको छ । अमेरीका, रुस, चीन, भारत लगायतका अन्य राष्ट्र आउँदो दश बारह वर्षमा मानव सहितका यान लिएर चन्द्रमामा पुग्ने छन् । अमेरिकाले २०२० मै मानव सहितको यान चन्द्रमामा पठाउने घोषणा गरीसकेको छ ।