बालुवा उत्खनन गर्ने क्रममा तनहुँमा ढिस्कोले पुररे दीपक विक घाइते

बालुवा उत्खनन गर्ने क्रममा तनहुँमा ढिस्कोले पुररे दीपक विक घाइते

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ २९, २०७७

तनहुँ । तनहुँको भीमाद नगरपालिका–५ स्थित झकासघाटमा ढिस्कोले पुरिएर बुधबार एक जना घाइते भएका छन् । घाइते हुनेमा भीमाद नगरपालिका–८ बस्ने २८ वर्षीय दीपक विक रहेको इलाका प्रहरी कार्यालय भीमादले जनाएको छ ।

सेती नदी किनारमा रहेको झकासघाटमामा बालुवा उत्खनन गर्ने क्रममा ढिस्कोले पुरिएका विकलाई इलाका प्रहरी कार्यालय भीमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीको नेतृत्वमा गएको प्रहरीको टोलीले उद्धार गरेको छ । करिब चार घण्टा लगाएर उद्धार गरिएका विकलाई उपचारका लागि पोखरा पठाइएको रेग्मीले जानकारी दिनुभयो ।