जोरविजोर प्रणालीको चेम्वर अफ कमर्सद्वारा स्वागत

जोरविजोर प्रणालीको चेम्वर अफ कमर्सद्वारा स्वागत

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ ३०, २०७७

काठमाडाैँ । नेपाल चेम्वर अफ कमर्सले काठमाडौं उपत्यकाका निजी सवारी साधन जोरविजोर प्रणालीमा चलाउन पाइने र पसल सञ्चालन गर्न दिइने निर्णयको स्वागत गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ सङ्क्रमण जोखिमका कारण रोकिएको एसईई नगराइने, पीसीआर परीक्षणको दायरा बढाइने र क्वारेन्टाइनको स्तरोन्नती गरिने निर्णय सहरानिय रहेको चेम्वर अफ कमर्सले विज्ञप्तिमार्फत जनाएको छ ।

सरकारको यी निर्णयलाई सकारात्मक रुपले लिएर कोभिड-१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय माक्स र सेनिटाइजर उचित प्रयोग र सामाजिक दूरी कायम गर्दै जानुपर्ने विज्ञप्तीमा भनिएको छ । सरकारले उपत्यकालाई सिल गरेकामा यसलाई निरन्तरता दिइनुपर्ने विज्ञप्तिमा उल्लेख छ । रातको समयमा उपत्यका बाहिरबाट व्यक्तिहरु उपत्यका भित्रिने गरेकामा त्यसलाई रोक्नुपर्ने बताइएको छ । सरकारले कर तिर्ने समयलाई बढाएर सहुलियत दिनेमा पनि संस्थाले विश्वास व्यक्त गरेको छ ।