आशङ्काको भरमा सेवा बन्द रहेकाे भक्तपुर अस्पताल सञ्चालनमा

आशङ्काको भरमा सेवा बन्द  रहेकाे भक्तपुर अस्पताल सञ्चालनमा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ ३०, २०७७

भक्तपुर । भक्तपुर अस्पतालमा सबै सेवा पुनः सञ्चालन भएका छन् । अस्पतालमा यही जेठ २५ गते सिन्धुपाल्चोक लिसङ्खुपाखा गाउँपालिका–३ घरभई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीय सन्तमाया लामाको मृत्यु भएपछि रोकिएको सेवा आजबाट सञ्चालन गरिएको हो ।

सुत्केरी भएको आधा घण्टापछि श्वासप्रश्वासमा समस्या आएका कारण मृत्यु भएकी महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशङ्कामा सेवा बन्द गरिएको थियो । यही जेठ २७ गते कोरोना नेगेटिभ नतिजा आएपछि सोहीदिन जिल्ला प्रशासनले शव व्यवस्थापन गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले बुधबार आकस्मिक कक्ष सञ्चालन गरे पनि अस्पतालका सबै कक्षमा भाइरस निर्मलीकरण र अस्पताल सरसफाइ गरेपछि आजदेखि अस्पतालले सबै सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।