कोरोना बिमाको भुक्तानी सुरु, लिए कृषि विकास बैङ्कका एक कर्मचारीले रकम

कोरोना बिमाको भुक्तानी सुरु, लिए कृषि विकास बैङ्कका एक कर्मचारीले  रकम

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ ३१, २०७७

काठमाडैँ । सरकारले बजेटमा नै व्यवस्था गरेको कोरोना बिमा कार्यक्रमअनुसार कोरोना सङ्क्रमितलाई दाबी भुक्तानी सुरु भएको  छ ।

कोरोनाको कहर सुरु भएपछि सरकारले पहिलो पटक कोरोना बिमा कार्यक्रम ल्याएको थियो । सो कार्यक्रमलाई सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत विशेष महत्त्वका साथ समावेश गरेको छ ।

बिमा क्षेत्रको नियामक निकाय बिमा समितिका अनुसार कोरोना बिमाको पहिलो दाबी २०७७ जेठ ३० गते शुक्रबार भुक्तानी गरिएको छ । कोरोना बिमा गराएका कृषि विकास बैङ्कका एक कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उहाँलाई आज बिमाबापतको  एक लाख रकम भुक्तानी गरिएको हो ।

नेको इन्स्योरेन्सले २०७७ जेठ ३० गते शुक्रबार कृषि विकास बैङ्कको खातामा सो दाबी रकम भुक्तानी गरेको जनाएको छ । नियामक निकाय बिमा समितिले  एक हजारमा  एक लाख बराबरको बिमा गर्न सकिने प्रबन्ध गरेको छ । बिमा गरेका जो कोहीलाई पनि निश्चित समयभित्र पिसिआर परीक्षणमा पोजेटिभ देखिएको अवस्थामा बिमा दाबी भुक्तानी गर्न सकिने छ ।

बिमा गरेका विभिन्न कम्पनीमा थप चार वटा दाबी आएको जनाइएको छ