सन्दीप स्वदेश फर्कँदै

सन्दीप स्वदेश फर्कँदै
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन २८, २०७५

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् । 

राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप आज दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिनुभयो । 

सन्दीपले उक्त प्रतियोगितामा सात खेल खेल्दै ११ विकेट लिएका थिए । सन्दीपको टोली प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको खबर राससमा छ ।