नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्गो

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्गो

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ ३२, २०७७

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेकाे छ ।  आइतबार एकै दिन ४ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएसँगै यो संख्या ५ हजार ७ सय ६० पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले यसबारेको जानकारी दिए ।

कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या पनि ७३ पुगेको छ । नयाँ संक्रमितमध्ये ५० जना महिला र ३७५ जना पुरुष रहेकाे जनाइएको छ । 

नेपालमा जम्मा संक्रमितमध्ये महिला ४३६ जना छन् भने पुरुष ५ हजार ३२४ जना रहेका छन् ।  आइतबारसम्ममा ९७४ जना संक्रमित कोरोना निको भएपछि घर फर्किएका गौतमले बताए । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १९ पुगेको छ ।