प्रभावकारी अनलाइन कक्षा : शिक्षक, अभिभावक, समुदाय, स्थानीय र सङ्घीय सरकार क-कसको भूमिका के ?

प्रभावकारी अनलाइन कक्षा : शिक्षक, अभिभावक, समुदाय, स्थानीय र सङ्घीय सरकार क-कसको  भूमिका के ?

राजकुमार महर्जन  |  शिक्षा  |  असार १, २०७७

कोविड–१९ बाट बच्न सरकाले बन्दाबन्दी घोषणा गरेको ८४ औँ दिन पुगेको छ । नयाँ कार्यक्रम अनुरूप कम्तीमा अझै २ महिना विद्यालयमा भौतिक रूपमै उपस्थित भई अध्ययन अध्यापन गर्ने गराउने बाटो बन्द भइसकेकोले छोराछोरीहरूको अबको शैक्षिक यात्राको सम्पूर्ण जिम्मेवारी अभिभावक स्वयंमै आइपुगेको छ भन्दा फरक नपर्ला । अभिभावककै रोजाइमा लकडाउनका विभिन्न ६ वटा शैक्षिक विकल्पहरूको बारेमा मैले अघिल्लो हप्ता चर्चा गरिसकेको छु । 

असार १ गतेदेखि नै लागू हुने गरी शिक्षाका विभिन्न बैकल्पिक माध्यमहरुबाट नयाँ शैक्षिक सत्रको सुरुवात गर्दै शिक्षण क्रियाकलाप गर्नका लागि सरकारले आफ्ना मातहतका निकायहरूलाई स्पष्ट निर्देशन दिइसकेको छ । बन्दाबन्दीको यो अवस्थामा शिक्षण सिकाइका विभिन्न उपायहरू मध्ये सबैभन्दा प्रभावकारी उपाय अनलाइन कक्षा हो भन्ने कुरामा विवाद रहेन  । अनलाइन कक्षा दुई प्रकारले सञ्चालन गर्न सकिन्छ, सिंक्रोनस र असिंक्रोनस मोड । 

सिंक्रकोनस मोड भन्नाले तोकिएको समयमा शिक्षक र विद्यार्थी भर्चुअल माध्यमबाट दुईतर्फी सञ्चार गर्न सकिने गरी अध्ययन अध्यापनको विधि हो । असिंक्रोनस मोड भन्नाले शिक्षकले आफ्नो उपयुक्त समयमा कुनै पोर्टलमा अध्ययन सामाग्री राखिदिने र विद्यार्थीले पनि आफ्नो उपयुक्त समयमा अध्ययन गरी दिइएको कार्य बुझाउने प्रक्रिया हो । 

अनलाइन कक्षाका बारेमा पनि बजारमा सकारात्मक, नकारात्मक दुवै प्रकारका टिप्पणीहरू हुने गरेको छ । यो लेखमा अनलाइन कक्षाको पहुँच र क्षमताको बरेमा चर्चा गर्न खोजिएको छैन । लकडाउनको ८४औँ दिन बितिसक्दा विभिन्न विद्यालयहरूले गरेका विभिन्न प्रयास र प्रयोगहरूको आधारमा यसलाई कसरी अझै प्रभावकारी र व्यवस्थित गर्न सकिएला भन्ने बारेमा मेरो बिचार प्रस्तुत गर्ने जमर्को गरेको छु ।

स्थानीय सरकार                                                                             आफ्नो पालिकामा राम्रो अभ्यास गरेका विद्यालयहरूको पहिचान गरी सम्मान गर्ने । सकेर पनि केही नगरी बसेकालाई पनि काम गर्न प्रेरित गर्ने । श्रोत र साधनको कमी भएका विद्यालयहरूलाई आवश्यक सहयोग गर्ने, निरन्तर अनुगमन गर्ने । आफ्नो पालिका भित्र बसोबास गर्ने बालबालिकाहरु इन्टरनेटको पहुँचमा भए नभएको पत्ता लगाई आवश्यक सहयोग गर्ने । शिक्षकहरूमा प्राविधिक दक्षता हासिल गराउन विभिन्न तालिमको आयोजना गर्ने । प्याव्सन, एन.प्याब्सन तथा सामूदाययीक विद्यालय समूहका प्रतिनिधि र विज्ञ सहितको एक अनलाई कक्षा परिचालन समिति बनाई कार्य गर्ने ।  

एक हातले मात्र ताली बज्दैन । अकस्मात् आइपरेको यो महाव्याधिमा एकले अर्कोलाई सहयोग नगर्ने हो भने सानो भन्दा सानो काम पनि असम्भव हुन जान्छ । अनलाइन कक्षालाई व्यवस्थित र प्रभावकारी प्रभावकारी बनाउन कसले कुन भूमिका खेल्नुपर्ला? आउनुहोस् एक छिन चर्चा गरौँ ।

क) सङ्घीय सरकारको भूमिका

इसिडि देखि कक्षा १२ सम्मका ८१ लाख २७  हजार २६३ जना बिद्यार्थीहरुको प्रमुख अभिभावक भनेको नेपाल सरकार नै हो । सरकारले लिने हरेक साना भन्दा साना नीति र निर्णयलाई यिनले मौन तरिकाले विश्लेषण गरिरहेका हुन्छन् । यिनलाई निराश बनाउनु भनेको देशको भविष्यलाई अन्धकारमा धकेल्नु हो । लकडाउनको यो अवस्थामा अनलाइन कक्षालाई व्यवस्थित बनाउन सरकारले यी कुराहरूमा ध्यान पुर्‍याउनुपर्ने देखिन्छ ।

ख) स्थानीय सरकारको भूमिका

नेपालको संविधानले माध्यमिक तहसम्मको विद्यालयको व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई प्रत्यायोजन गरेको छ । यति बेला स्थानीय सरकार बाटोघाटो, ढल, पुल मात्र भनेर बस्ने होइन । देशका ७५३ स्थानीय तह मध्ये अधिकांशले बालबालिका र शिक्षालाई बेवास्ता गरेको पाइन्छ । तसर्थ स्थानीय तहले तपसिलका कुरामा ध्यान पुर्‍याउनु जरुरी हुन्छ ।

स्थानीय सरकार

ग) समुदायको भूमिका

स्कुले बालबालिकाहरु भनेका समुदायका सदस्यहरू नै हुन् । उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यको ख्याल राख्नु समुदायको पहिलो कर्तव्य हो । समुदायमा एक जना बालक वा बालिका बिग्रनु भनेको सबैलाई नकारात्मक असर पर्नु हो । तसर्थ आफ्नो समुदायको कोही पनि बालबालिका पढाई लेखाइबाट वञ्चित नहोउन् भन्ने बरेमा सजग हुँदै समुदायमा रहेका स्कुले बालबालिकाहरु र उनीहरूको अवस्थाको बारेमा जानकारी लिनुपर्दछ । समुदायको कुनै पनि बालबालिकामा इन्टरनेटको पहुँच छैन भने इन्टरनेट उपलब्ध भएको परिवारले सहयोग गर्नुपर्छ । समुदाय भित्र कुनै शिक्षक छन् भने समुदाय शिक्षण विधि समेत अपनाउन सकिन्छ । 

घ) अभिभावकको भूमिका

ङ) विद्यालय व्यवस्थापनको भूमिका

विद्यालय सभ्य र सुशिक्षित समाज निर्माणको आधार हो । समाजमा ज्योति फैलाउने पावर हाउस हो । यस्तो महाव्याधिको बेला अभिभावकले वास्ता गरेनन्, शिक्षकले जानेनन् वा गरेनन् भनेर विद्यालय व्यवस्थापन ढोकामा ताला लगाएर बस्नु ठिक हुन्न । 

च) शिक्षकको भूमिका

विद्यालय पावर हाउस हो भने शिक्षक ट्रान्सफर्मर हुन् । अनलाइन कक्षा सामान्य अवस्थामा भन्दा कठिन कार्य हो । विद्यालय कक्षा कोठामा पढाउँदा विद्यार्थी माझ मात्र प्रस्तुत भए पुग्छ तर अनलाइन तथा भर्चुअल रूपमा प्रस्तुत हुँदा विद्यार्थीको पछाडि अभिभावक वा अन्य व्यक्तिहरूले प्रत्यक्ष रूपमा अवलोकन गरिरहेका हुन्छन् भन्ने कुरा भुल्नुहुन्न । यस बाहेक शिक्षकले आफ्नो भूमिकालाई यसरी निर्वाह गर्नुपर्दछ ।  

अन्तमा, मैले देखेका उपायहरू तपाइको माझमा राखेँ । तपाइले देख्नु भएको राम्रा उपायहरू कमेन्टमा लेखेर सहयोग गरिदिनुस् है ?