विप्लव समूहमाथि राजनीतिक प्रतिबन्ध

विप्लव समूहमाथि राजनीतिक प्रतिबन्ध

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २९, २०७५


काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई राजनीतिक गतिविधिमा समेत संलग्न हुन नदिने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

पछिल्ला दिनमा उक्त पार्टीबाट आपराधिक क्रियाकलापका घटना बढेको र समयमै नियन्त्रण नगरे शान्ति–सुशासनमा गम्भीर असर पर्न सक्ने भन्दै प्रतिबन्ध लगाउने निर्णय गरिएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रिपरिषद्मा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने ठाडो प्रस्ताव पेश गरेको खबर नयाँ पत्रिका दैनिकमा छ ।